प्रमुख समाचार

यस्तो आयो कुश्मा नगरपालिकाको विज्ञप्ती, यथार्थ बुझेर मात्र समाचार लेख्न आग्रह

By लोकतन्त्र अनलाईन

April 17, 2019

पर्वत– पछिल्ला केहि दिन यता विभिन्न सञ्चारमाद्याममा नगरपालिकालाई जोडेर आएका समाचारप्रति कुस्मा नगरपालिकाको कार्यालयले ध्यानाकर्षण गराएको छ । कुस्मा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले बिज्ञप्ती प्रकाशित गर्दै नगरपालिकाको यथार्थतालाई बुझेर समाचाहरु प्रकाशन प्रशारण गरिदिन आग्रह गरेका छन् । उनले भ्रमपुर्ण समाचारले नगरवासीहरुलाई अन्योलमा पार्ने भन्दै जिम्मेवार हुन समेत सुझाएका छन् । विज्ञप्तीमा नगरपालिकाको असुल गर्नुपर्ने बेरुजु २ लाख ६९ हजार मात्रै भएको बताईएको छ । नगरपालिकामा गत बर्ष ३ करोड ९ लाख ७५ हजार बेरुजु रहेको र बिभिन्न आर्थिक अनियमिमता भएको समाचार सार्वजनिक भएपछि नगरपालिकाले बिज्ञप्ती प्रकाशित गरेर असुल गर्नुपर्ने खुद बेरुजु रकम न्युन भएको दाबी गरेको हो । बिज्ञप्तीमा नगरपालिकाको गत आर्थिक बर्षको बजे ६३ करोड मात्रै भएको र बजेट १ अर्व २० करोड १७ लाख भनिएको सुचना गलत भएको समेत उल्लेख छ । हरेक वडा कार्यालयहरुलाई १÷१ वटा उपलब्ध गराएको र निर्णय अनुसार इन्धन उपलब्ध गराइएको दाबी गरिएको छ । मोटरसाइकल, इन्धन, भत्ता र खाजा खर्चमा नगरपालिकामा ठुलो रकम खर्च भएको समाचार प्रकाशित र प्रसारित भएका थिए । बिज्ञप्तीमा नगरपालिकामा अपारदर्शी रुपमा र मनोमानी किसिमले कुनै पनि कार्यहरु नभएको उल्लेख छ । गत असार १० मा शुरु भई असार १३ मा सम्पन्न नगर सभाले पास गरेका योजनाहरु नै नियमानुसार कार्यान्वयनमा लगिएको बताइएको छ । ‘कानुनत रु. १ करोड सम्मका योजनाहरु उपभोक्ता समितिवाट गर्न सकिने भएतापनि कतिपय योजना तथा कार्यक्रमहरु ठेक्का पट्टा वाट समेत कार्यान्वयनमा लगिएको अवस्था छ ’बिज्ञप्तीमा भनिएको छ ‘ उक्त योजनाहरु नगर कार्यपालिकाको वैठकवाट आम सहमतिमा निर्णय भई सभावाट पारित गराई कार्यान्वयनमा लगिएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत लामिछानेद्वारा जारी बिज्ञप्तीमा लक्षित तर्फ छुट्टै विनियोजित रकम निश्चित कार्यक्रमहरुमा वाँडफाँड गरि सिफारिस गर्न गत आ.व.को हकमा उपप्रमूखको संयोजकत्वमा २ जना वडा अध्यक्षहरु (महिला) सहित समावेशी कोटावाट निर्वाचित सम्पूर्ण कार्यपालिकाका सदस्यहरुलाई जिम्मा दिएको भएता पनि यस आ.व.मा त्यस्तो निर्णय नभएको उल्ल्ेख छ । ‘लक्षित तर्फको कार्यक्रम ल्याउन पटक पटक अनुरोध गरिरहँदा पनि नआएपछी योजना किताव पनि ढिला गरि तयार गरिएको र त्यो पनि उक्त वजेट वाँडफाँड नगरि नै ल्याउन परेको तितो यथार्थताले गर्दा गत वैसाख २ गतेको सभामा सहमतिमै लक्षित वर्ग भित्रका सदस्यहरुको समिति वनाई जिम्मा दिने निर्णय भएको हो ।’ बिज्ञप्तीमा भनिएको छ । नगरपालिकाकी उपप्रमुख सिता शर्मा लामिछानेले आफुँलाई संयोजकबाट हटाएको बिषयमा असन्तुष्टि जनाउँदै नगरसभा बहिष्कार गरेकी थिएन । ‘एउटा जिम्मेवार पदाधिकारीले विना आधार नगरसभा वहिस्कार गर्नु र सभा सकिएपछि सभाहल भित्र प्रवेश गरि नोट अफ डिसेन्ट लेख्नु कति सम्म गैर जिम्मेवारी हो भन्ने कुरामा थप केही भनीरहनु नपर्ला ।’ बिज्ञप्तीमा भनिएको छ ‘कुश्मा नगरपालिकामा आज सम्म कुनै पनि निर्णय अल्ममतरवहुमतवाट नभई सर्वसहमत भएको अवस्था हो ।’ प्रमुख प्रशासकीय अधिकृत लामिछानेको गृह मन्त्रालयमा सरुवा भएको छ । उनले आफ्नो १८ महिने कार्यकालमा साँघुरो भाडाको घरमा रहेर कर्मचारीहरुले जुन जिम्मेवारी वोधका साथ आफ्नो जिम्मेवारी सम्पादन गरिरहेको उल्लेख गर्दै त्यसमा कर्मचारीहरु धन्यवादका पात्र भएको उल्लेख गरेका छन । सकभर सरकारी भवनमै कार्यालय ब्यवस्थापन गर्ने सोचका साथ अगाडी वढ्ने प्रयास गरिएको भएता पनि सरकारी भवन उपलब्ध हुन नसकेपछी नयाँ भाडाको भवनमा कार्यालय सार्ने कार्य प्रकृयामा रहेको उल्लेख गरेका छन ।