प्रमुख समाचार

नेपाललाई ‘फ्युचर पोलिसी सिल्भर अवार्ड

By लोकतन्त्र अनलाईन

October 17, 2019

सर्बिया । युवा सहभागिता र अधिकार बारेमा नेपालको संविधानले अंगिकार गरेको व्यवस्थालाई पहिचान गर्दै नेपालले ‘फ्युचर पोलिसी सिल्भर अवार्ड २०१९’ प्राप्त गरेको छ । दिगो विकास र शान्तिका लागि सहभागितामा संविधान तथा कानुनी रुपमा सफलता हासिल गरेकोमा नेपाललाई सो अवार्ड प्रदान गरिएको हो ।

सर्बियाको राजधानी बेलग्रेड अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनका अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई नेपालले प्राप्त गरेको अवार्ड प्रदान गरिएको थियो ।