पत्र-पत्रिका

निजामती कर्मचारीको उमेर हद ६० वर्ष

By लोकतन्त्र अनलाईन

August 17, 2019

काठमाडौं : निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्‍याउने भएको छ। संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा सहमति जुटेको समाचार राजधानी दैनिकमा छ। मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था थर्न लागिएको हो। हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ।