प्रमुख समाचार

पर्वत जिल्ला अस्पतालमा डायलाईसिस सेवा संचालन हुँदै, मृगौलापिडितलाई ठूलो राहत

By लोकतन्त्र अनलाईन

August 17, 2019

पर्वत– लामो समयदेखि रिफर सेण्टरको रुपमा उपमा पाउँदै आएको पर्वत जिल्ला अस्पतालमा मृगौलाको डायलाईसिस सेवा शुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षकोे नीति र कार्यक्रम मार्फत नितिगत अनुमती दिएपछि डायलाईसीस सेवा शुरु गर्ने तयारीमा जुटेको जिल्ला अस्पताल पर्वतले जनाएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १० लाख बजेट समेत बिनीयोजन गरेको छ । उक्त रकमले डायलाईसिस कक्षको तयारी तथा व्यवस्थापनका लागि मात्र पर्याप्त हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । विभिन्न संघ संस्था, निकाय र व्यक्तिहरुको सहयोगमा कम्तिमा ५ वटा डायलाईसिस मेशिन खरिद गरि सेवा सुचारु गरिने पहाडीले जानकारी दिएका छन् । यो सेवा शुरु भएपछि मृगौला रोगबाट पिडित र मृगौला प्रत्यारोपण गर्न नसकेकाहरुका लागि ठुलो राहत हुने भएको छ । अहिले पनि मृगौला पिडितहरुले डायलासिस सेवा लिनका लागि विभिन्न जिल्लामा जानुपर्ने र धेरै दिन पालो कुरेर उपचार गर्नुपर्ने समस्या रहेको छ । पर्वतमा यो सेवा शुरु भएपनि पर्वत, बागलुङ र म्याग्दीका बासिन्दा लाभान्वित हुने भएका छन् ।