प्रमुख समाचार

युवा संघ पर्वतका नेताहरु बारा पुगेर दिए हाबाहुरी पिडितलाई राहत

By लोकतन्त्र अनलाईन

May 16, 2019

पर्वत । युबा संघ पर्वतद्वारा हावाहुरि पिडित बाराको सुवर्ण गाउँपालिकाको बगरी भन्ने ठाउमा पुगेर राहत वितरण गरेको छ । गत महिना आएको टोनाण्डो आँधीका कारण घरवार विहीन बनेका परिवारहरुलाई घटनास्थलमै पुगेर राहत वितरण गरिएको हो । नेकपाका केन्द्रीय सदस्य दिनेश शाहि र युबा संघका केन्द्रीय सदस्य बिमल लामिछानेको बिशिष्ठ आतित्थ्यतामा राहत वितरण कार्यक्रम गरिएको हो । युवा संघ पर्वते संकलन गरेको रु ५५ हजार हजार रुपैया बराबरको राहात सामाग्री बितरण गरिएको युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले जानकारी दिनुभयो । जसमा चामल, नुन, तेल र दाल पिडित परिवारलाई वितरण गरिएको हो । हावा हुरिबाट पिडितहरुको लागि युबा संघ पर्वत र वाईसीयल पर्वतले बिभिन्न स्थानबाट रकम संकलन गरेको थियो । बितरण कार्यक्रममा युबा सघ पर्वतका अध्यक्ष थम नारायण पौडेल, युबा संघ प्रदेश कमिटि सचिवालय सदस्य अर्जुन पौडेल निर्जन सचिवालय सदस्य बिष्णु आचार्य, सोहि गाउँपालिकाका नेकपाका नेता सत्पाल यादब, युबा संघ पर्वतका सदस्य अनिल सुबेदि र युवा संघ नेपाल प्रदेश कमिटि सदस्य मोहन लामिछाने लगायतको सहभागिता रहेको थियो । पिडितको घाउमा थोरै भए पनि मलम लगाउन पाउँदा खुसि लागेको युवाहरुले बताएका छन् । युवा संघको स्थापना दिबसको अबसरमा युबा संघ बाराले आयोजना गरेको रक्तदान कार्यक्रम मा पर्वत युवा संघका नेताहरुले पनि रक्तदान गरेको थिए । रक्तदान गर्नेमा केन्द्रीय सदस्य बिमल लामिछाने र सचिवालय सदस्य बिष्णु आचार्य रहनुभएको छ ।