प्रमुख समाचार

पर्वतको कुश्मामा संचालित प्रथम सडक खाना महोत्सव सम्पन्न

By लोकतन्त्र अनलाईन

April 16, 2019

पर्वत –नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पद र पार्टीको स्वार्थभन्दा आफु जन्मेको जिल्लाको पहिचान र विकासमा जुट्न आब्हान गरेका छन् । पर्वत जेसिजले नयाँ बर्ष २०७६ सालको अवसरमा आयोजना गरेको सडक खाना महोत्सवको सोमबार कुश्मामा समापन समारोहलाई सम्बोधन गर्दै जोशीले राजनीति गर्नेहरुले पद र दलगत स्वार्थ भन्दा माथि उठेर जिल्लाको विकास र पहिचानमा लाग्नुपर्ने बताएका हुन ।आकाशका तारा झार्ने गफ दिनुभन्दा पनि बास्तविक काम गर्नुपर्ने भनाई उनको थियो । गाउँगाउँमा हरेक विकास निर्माणका सुविधा पु¥याएर बिदेशीका पर्वतेली युवालाई जिल्लामा रहेर रोजगारी मिल्ने काम गर्ने हो भने धेरै सम्भावना र सम्भव रहेको धारणा उनले गरे ।  पर्वत जिल्ला पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलहरु, अग्ला पुलहरु, बञ्जीजम्प, आकर्षक गुफाहरुका कारण विश्वमै छुट्टै पहिचान बनाउन सफल भएको भन्दै उनले जिल्लाको थप पहिचानमा राजनीति गर्नेहरुले पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।पर्वत जिल्लाले राष्ट्रियस्तरमै पहिचान बनाएका कलाकारहरुसमेत जन्माएको, अग्ला झोलुङ्गे पुलको हब बनेको, पर्वत जिल्लामा सबै वडामा गाडी पुगेको, विकास सुचाकांकमा मुलुकमै ७÷८ नम्बरमा आएको, जतासुकै पर्वत जिल्लाको चर्चा हुनुले आफु पर्वत जिल्लामा जन्मन पाएकोमा खुशी लाग्ने गरेको जोशीले बताए ।हिजो सरुवा भएर जादा कर्मचारी पर्वत नरोजेर म्याग्दी, बागलुङ जाने गरेकोमा अहिले कर्मचारी पर्वत आउन रहर गर्ने गरेको उनले बताए । उनले यो महोत्सव अर्को बर्ष पनि राख्न र यस्ता मेला महोत्सवले जिल्लाको पहिचानका लागि ठुलो भुमिका खेल्ने उनले बताए ।नयाँ बर्ष २०७६ को अवसरमा चैत ३० गतेदेखि सुरु भएको सडक खाना महोत्सव सोमबार सम्पन्न भएको हो । आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने तथा लामा र अग्ला पुलले घेरिएको कुश्मालाई नयाँ बर्ष मनाउने पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले सडक खाना महोत्सब आयोजना गरिएको पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले जानकारी दिए ।नयाँ बर्ष मनाउन पदयात्रामा जाने, पोखरा र फेवा किनारमा मनाउन जाने पर्वत, बागलुङ्ग, म्याग्दी, कास्की र स्याङ्गजाका आन्तरिक पर्यटकलाई लक्षित गरेर महोत्सब आयोजना गरिएको पनि उनले बताए । स्थानिय मौलिक परिकारप्रति आकर्षक बढाउन, धार्मिक र पर्यटकीय स्थलको प्रचार–प्रसार, लघु, घरेलु उद्योगहरुका उत्पादनहरुको बजार समेत प्रर्बद्धन गर्न पनि महोत्सब सफल भएको आयोजकको दाबी छ ।