महाधिवेशनसम्म कांग्रेसमा गुट भन्ने कुनै गुञ्जायस रहँदैन : ः नेता महत - News site from Nepal

पर्वत –  नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थ मन्त्री डाक्टर रामशरण महतले पार्टीको केन्द्रिय समितिमा पछिल्लो समय देखिएको विवादलाई महाशिवेशन सम्पन्न गर्न गरिएको बहसका रुपमा लिनु पर्ने बताएका छन् ।

कार्यकर्ता प्रशिक्षण तथा पछिल्लो चरणको जागरण अभियानले पारेको प्रभावबारे अध्ययन गर्न जिल्ला दौडाहामा निस्केका नेता महतले सोमबार पर्वतमा आयोजित पत्रकार सम्मेलनमा आगामी महाधिवेशनसम्म कांग्रेसमा गुट भन्ने कुनै गुञ्जायस नरहने दाबी गरे।

एकताको इन्डिकेटर बनाउने जिम्मा नेतृत्वले लिनुपर्ने उनले बताए। ‘विचारको आधारमा निर्णय हुनुपर्छ। व्यक्तिको आधारमा होइन। पार्टीलाई एक बनाएर लैजान नेतृत्वले एक कदम माथी उठेर आफ्नो हठ त्याग्नुपर्छ,’ उनले भने।

अहिले जे भएको छराम्रैका लागि भएको छ भनेर बुझ्नुपर्छ,’ उनले भने,’बैठक बहिस्कार गरेका समाचारहरु जसरी आएका छन्पार्टीभित्र त्यति साह्रो अन्तरकलह छैन। जति भएको छत्यो महाधिवेशन समयमा होस् भनेरै भएको हो। त्यो पनि महाधिवेशनसम्म सबै हराउँछ।’ उनले आगामी ६ महिनाभित्र पार्टीका सबै भातृ संस्थाहरुको समेत नयाँ नेतृत्व चयन हुने उनले बताए।

कांग्रेसको भूमिका संसद र सरकार दुबै स्थानमा कमजोर हुँदा राजनीतिमा ब्यालेन्स हुन सकेको उनले बताए। गुटबन्दी र म कसरी बलियो हुने भन्दै गएका कारणले प्रतिपक्षको भूमिकामा कांग्रेस रहन नसकेको बताए। ‘पार्टी र बिपक्षीले भन्दा नागरिक समाजले सरकारको बिरोधमा शषक्त बिरोध गरिरहेको छ। पार्टी एक नभकै कारण हाम्रो भूमिका कमजोर देखिएको हो,’ उनले भने।

अझै पनि सरकारले दुई तिहाइको दम्भमा धेरै अलोकतान्त्रिक गतिविधिहरु गर्दै गइरहेको भन्दै कटाक्ष गरे। उनले यो अवस्थाको परिणाम उपनिर्वाचनले पनि देखाइसकेको बताए। नेता महतले कांग्रेसले आफूले गरेका असल काम र परिवर्तनको प्रचार गर्न नसकेको तर कम्युनिस्टले कांग्रेसकै एजेण्डामा टेकेर जनतालाई झुक्याएको बताए। उदार अर्थनीति लिएकै कारण कांग्रेसको नेतृत्वमा धेरै विकास भएको पनि उनले बताए।
नेकपाको सरकारले कसरी जनता झुक्याएको छ भनेर अहिले सामाजिक सञ्जालमा पनि प्रस्ट देखिन्छ,’ उनले भने, ‘अब हामीले सडक र भाषणमा बिरोध गरिरहनु पर्दैन। जनताले देखाइहाल्छन्। अहिले सोसल मिडियाको पहुँच सबैतिर छ। परिणाम आइहाल्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!