पत्र-पत्रिका

अख्तियारले लियो पूर्वमन्त्री गच्छदारको चार घण्टा बयान

By लोकतन्त्र अनलाईन

November 16, 2019

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ। अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २२ कात्तिक (शुक्रबार) साँझ गच्छदारसँग चार घण्टा लामो बयान लिएका हुन्। अख्तियारले साँझ ५ बजेदेखि राति ९ बजेसम्म गच्छदारसँग लामो बयान लिएको समाचार राजधानी दैनिकमा छ। बयानका क्रममा गच्छदारले मन्त्रिपरिषदको नीतिगत निर्णय भएकाले यस प्रकरणमा आफ्नो कुनै भूमिका नभएको भन्दै बचाउको प्रयास गरेका थिए। अख्तियारले प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सय जनाभन्दा बढी जनासँग बयान लिइसकेको छ।