पत्र-पत्रिका

आलमलाई जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले छाडे जिल्ला

By लोकतन्त्र अनलाईन

November 16, 2019

काठमाडौं : आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि बयान गर्छ। पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषदलाई आग्रह गरेका छन्। आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन्। आमलविरुद्ध बहस गर्नै जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवाल पनि सरुवा माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेको समाचार नयाँ पत्रिका दैनिकमा छ। अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए। अदालत स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन्।