पत्र-पत्रिका

सिंहदरबारभित्रै कामचोर कर्मचारी, गर्दैनन् समयको पालना

By लोकतन्त्र अनलाईन

October 16, 2019

काठमाडौं : मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारभित्रै निजामती कर्मचारी अत्यधिक रुपमा कामचोर देखिएका छन्। समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ। माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन। यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ। कर्मचारीमा कामचोर प्रवृत्ति मौलाउँदै जान थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा आकस्मिक छड्के जाँच गरेको छ। छड्के जाँचका क्रममा सयौं कर्मचारी बिनाजानकारी अनुपस्थित रहेको पाइएको समाचार राजधानी दैनिकमा छ। सतर्कता केन्द्रका अनुसार मन्त्रालयका कर्मचारीहरुले नै नियमको पालना नगर्ने गरेको पाइएको छ।