प्रमुख समाचार

पर्वत र पोखरा जोड्न नयाँपुल–हेम्जा सुरुङमार्ग बन्ने, धौलागिरीवासी उत्साहित

By लोकतन्त्र अनलाईन

October 16, 2019

पर्वत– सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग र अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ  । तीमध्ये पोखरा–बागलुङ सडक खण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङ्गमार्ग पनि प्राथमिकतामा परेपछि धौलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षभित्रै उक्त सुरुङमागको सम्भाव्यत अध्ययन गर्ने घोषणा गरेपछि आफुहरुको लामो समयदेखिको माग पुरा भएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो । साविक धौलागिरि अञ्चलका चार जिल्लाको राष्ट्रिय राजमार्ग र प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने एकमात्र सडकको रुपमा रहेको पोखरा–बागलुङ सडकमा सुरुङमार्ग बनाउन विगत पाँच वर्षदेखि पर्वत उद्योग बाणिज्य संघले पहल गर्दै आएको थियो ।