प्रमुख समाचार

पर्वतको मोदीवेणी जाउँ, विविध धार्मिक कार्यक्रममा रमाऔँ

By लोकतन्त्र अनलाईन

September 16, 2019

पर्वत–स्रोह श्राद्धका अवसरमा पर्वतको मोदीबेनीमा नृसिँह मन्दिर संरक्षण तथा पर्यटकिय विकास समितिको आयोजनामा सञ्चालित पितृ महायज्ञ तथा गरुडपूराणमा उल्लेख्य रुपमा भक्तजनहरुको उपस्थिती रहेको छ । मोदीबेनीमा भैरहेको यज्ञमा हिजो फलेवास नगरपालिका ६ देबिस्थान निवासी ८६ वर्षिय जेष्ठ नागरिक ताराप्रसाद भुसालले १६ दिन सम्म एकजना व्राह्मणको खर्च व्यहोर्ने र १६ दिनको पूजा व्यवस्थापनका लागि दैनिक ५ हजारको दरले लाग्ने खर्च प्रदान गर्नुभएको छ । यस्तै फलेवास ३ पोखराचौरमा रहेको सृजनशिल आयआर्जन समूहले ५ हजार ५ रुपैयाँ, २१ हजार वत्ती, २१ माना चामल दान गर्नुभएको छ । समूहका प्रतिनिधी माया भुसाल र जमूना भुसालले मोदीबेनीमा आएर दान गर्नुभएको हो । हिजो मोदीबेनीमा ५ जनाले श्राद्ध गरेका छन् । घाटमा दिवंगतको आत्माको नाममा वत्ती बाल्ने, दैनिक गंगा आरती, बेलपत्र अर्पण लगायतका कार्यक्रम भैरहेको छ । गरुडपूराण, श्राद्ध, कथा प्रवचन, भजनकिर्तन र अन्य धार्मिक अनुष्ठान भैरहेका छन् । पर्वत जिल्ला मात्रै नभई मुल थलो पर्वत भई हाल पोखरा, चितवन, बाँके, बर्दिया, नवलपरासी, वुटवल, भैरहवा, काठमाण्डौमा बसोबास गर्नेहरु पनि पितृको श्राद्धका लागि मोदीबेनीमा आएका छन् । मोदीबेनीमा हरेक दिन २१ हजार वत्ती वालिएको अध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । गाउँ गाउँबाट पितृको संझनामा सर्वसाधारणहरुले ज्योती ल्याएर दिने गरेका छन् । मोदीबेनीमा श्राद्ध गर्दा पितृहरुको उद्धार हुने जनविश्वास रहेको छ ।