प्रमुख समाचार

पर्वतको लुंखुदेउरालीका बाजा समुहलाई नौमती बाजा सहयोग

By लोकतन्त्र अनलाईन

July 15, 2019

पर्वत–पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ मा रहेकोे लुंखुदेउराली पन्चेबाजा समुहलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । महाशीला गाउँपालिकाको आर्थिक सहयोगमा रु १ लाख बराबरको पन्चेबाजा हस्तान्तरण गरिएको हो । आइतवार विहान वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी महाशीलाका प्रवक्ता जीवन विक्रम उच्चैले उक्त सामाग्रीहरु हस्तान्तरण गर्नभएको थियो । गाउँपालिकाको सस्कृती संरक्षण अभियान अन्तर्गत लोप हुँदै गएका पञ्चेवाजाको जगर्ना गर्ने उद्धेश्यले बाजा सामाग्री र पोशाक वितरण गरिएको छ । प्रायगरी दमाई समुदायको पुरानो पेशामा रुपमा पञ्चेबाजा बजाउनेलाई लिईन्छ । विवाह, व्रतवन्ध लगायत शुभकार्यमा बजाईने पञ्चेबाजा प्रति पछिल्लो समय युवा पुस्ताको आकर्षण घट्दै गएका बेला थप प्रोत्साहन मिलोस भनेर सहयोग गरिएको प्रवक्ता उच्चैले जानकारी दिनुभयो ।