प्रमुख समाचार

एक्कासीको हुरी र हिउँले हिमालमै रोक्यो प्रधानमन्त्री ओली दम्पत्तीलाई

By लोकतन्त्र अनलाईन

June 15, 2019

काठमाडौं- हिमाल चढन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खराब मौसमले समस्या उत्पन्न गराएको छ । फ्रान्सको औपचारिक भ्रमणका क्रममा ओली फ्रान्सको दक्षिण पूर्वको शमोनी भ्रमणमा गएका थिए ।हिमाली क्षेत्रको यो ठाउँ चढ्न जाँदाको प्रतिकुल मौसमले ओलीलाई समस्या पारेको हो । मौसममा आएको गडबढीले झण्डै एक घण्टा ओलीसहितको टोली हिमाल मै बसेको थियो ।शमोनीबाट प्रकाशित हुने पत्रिकाका अनुसार प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरु केवलकारमा चढेर २५०० मिटर भन्दा माथि पुगिसकेपछि एक्कासी आएको हुरी र हिउँ उडाउने तुफानले केवलकार चलाउन प्रतिकुल अवस्था सिर्जना गरेपछी उनीहरुले हिमालमा नै प्रतिक्षा गर्नु परेको थियो।टोलीमा प्रधानमन्त्री, पररास्ट्रमन्त्री, अन्य उच्चस्तरीय सरकारी कर्मचारी र सद्भावना दुत शृंखला खतिवडासहितको टोली पुगेको थियो ।एक घण्टापछि मौसममा सुधार आएपछि ओली नेतृत्वको टोलीलाई सफल रुपमा फर्काइएको थियो ।