एकता छिट्टै टुंगो लाग्छ, टेन्सन नलिनुहोला : प्रचण्ड - News site from Nepal
एकता छिट्टै टुंगो लाग्छ, टेन्सन नलिनुहोला : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम घोषणा हुन अब केही दिन मात्रै बाँकी रहेको बताएका छन।
बुधबार युवा संघ नेपालको २९ औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालिन एमाले र माओवादी केन्द्रको एकताको काम अन्तिम चरणमा पुगेको बताए। उनले जेठ ३ गते मदन भण्डारीको निधन भएको दिन उक्त घोषणा हुनसक्ने संकेत गरेका छन। प्रचण्डले भने, ‘हल्ला नभएको दिन नहुन सक्छ।
जेठ ३ गते सबै घोषणा गरिदिउँ भन्ने छ। त्यो दिन भएन भने ४, ५ गतेसम्म होला। धेरै टेन्सन नलिनुहोला। प्रधानमन्त्री आज विदेशबाट आउदै हुनुहुन्छ, भोलि बिहान छलफल हुन्छ। अरूको भएन भने ३ गते जनसंगठनको टुंग्याइदिउँ भन्ने हुन्छ।’
यसअघि नेकपाले जिल्ला अध्यक्ष र सचिवहरूको घोषणा गरेको छ। अब पोलिटब्युरो, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनको एकताको टुंगो लगाउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!