अर्थ/बाणिज्य

याद गर्नुहोस् ! भोली र पर्सि धौलागिरिमा विद्युत सेवा ठप्प हुँदै

By लोकतन्त्र अनलाईन

March 15, 2019

पर्वत– भोली चैत २ गते र ३ गते २ दिन बिहानदेखि बेलुकासम्म नै पर्वतमा बिद्युत आपूर्ति सेवा बन्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रले आज एक सूचना प्रकाशन गर्दै चैत २ गते बिहान ७ बजेदेखि चैत ३ गते साँझ ६ बजेसम्म बिद्याुत सेवा बन्द रहने जानकारी गराएको छ । नेपाल बिद्याुत प्राधिकरण मोदीखोला जल बिद्युत केन्द्रको स्विच यार्डमा हाल जडानमा रहेको १५ एम.भि.ए ट्रान्सफर्मरको स्थानमा ३० एम.भि.ए. पावर भएको ट्रान्सफर राख्न लागिएका कारण पर्वत जिल्ला सहित अरु जिल्लाको बिद्युत सेवा पनि बन्द हुने भएको हो । लगातार २ दिन बिद्युत बन्द हुँदा धेरै क्षेत्रमा प्रत्यक्ष असर पर्ने भएको भएपनि ट्रान्सफर्मर परिवर्तनको लागि बिद्युत बन्द नगरी काम नहुने भएकोले बाध्यताका कारण बिद्युत बन्द गरेर काम गर्नुपर्ने भएको पर्वत वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले जानकारी दिनुभयो ।