प्रमुख समाचार

वनलाई समृद्धिसँग जोड्न आवश्यक : मन्त्री लम्साल

By लोकतन्त्र अनलाईन

June 14, 2019

दमौली- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले वनलाई समृद्धिसँग जोड्नु पर्नेमा जोड दिएका छन् । तनहुँ डिभिजन वन कार्यालयको नवनिर्मित भवन आज उद्घाटन गर्दै उनले वन क्षेत्रको विकासबाटै आर्थिक समृद्धि हुने बताएका हुन् । ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई मूर्त रुप दिन कार्ययोजना बनाएर अघि बढेको उल्लेख गर्दै उनले वनमा प्रविधि भित्र्याएर बढी आम्दानी लिन सकिने भएकाले त्यसतर्फ प्रदेश सरकारको ध्यान गएको बताए । मन्त्री लम्सालले भने, ‘विगतमा हरियो वन नेपालको धन त भन्यौ तर कार्ययोजना बनाएर काम गर्न नसक्दा पछि पर्‍यौँ । वनबाट सोचेजति आम्दानी गर्न सकेनौँ ।’ प्रदेश सांसद रामबहादुर गुरुङ, डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायतले नयाँ भवन निर्माणपछि सेवाप्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।असारदेखि निर्माण थालिएको उक्त भवन विसं २०७५ पुसमा पूरा भएको उक्त भवनमा १९ कोठा छ ।