काठमाडौं– पूर्वशिक्षामनत्री धनीराम पौडेलको निधन भएको छ । हृदयघातका कारण निधन भएको पौडेलका सहयोगी सुनिल खडेकाले जानकारी दिए । शुक्रबार बिहान ६ बजेर ४५ मा घरमै रहेका बेला हृदयघात भएपछि अस्पताल लैजादै गर्दा पौडेलको निधन भएको हो । अस्पताल पुर्याइएका पौडेललाई लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव अहिले चितवनको माडी अस्पतालमा राखिएको छ।पौडेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् ।पौडेलको निधनले प्रति दु:ख व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।प्रचण्डले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीका केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनीराम (डि. आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको बताएका छन् ।