प्रमुख समाचार

पर्वतका सवै स्थानीय तहमा जनैपुर्णिमामा सार्वजनिक विदा घोषणा

By लोकतन्त्र अनलाईन

August 14, 2019

पर्वत / हिन्दु धर्मालब्बीहरुले बिषेश महोत्सबका साथ मनाउने जनैपुर्णिमामा पर्वतका अधिकांस स्थानीय तहले सार्वजनिक विदा दिने घोषणा गरेका छन् । पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, महाशीला, जलजला, विहादी, पैंयु गाउँपालिकाले सार्वजनिक विदा घोषणा गरेका छन् ।

कुस्मा नगरपालिकाका तर्फबाट नगरप्रमुख रामचन्द्र जोशी र महाशिला गाउँपालिकाकी उपप्रमुख हिराकुमारी थापा तथा जलजलाका प्रमुख प्रशाकीय अधिकृत अर्जुन शर्मा, फलेवासका नगरप्रम्ख पदमपाणी शर्मा, विहादीका अध्यक्ष कमल भुसाल, पैंयुका अध्यक्ष खगेन्द्र तिवारीले बुधबार बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरिएको छ । बिज्ञप्तीमा आफ्नो पालिका भित्रकाबिज्ञप्तीमा आफ्नो पालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सामाजिक संघसंस्थाहरुलाई बिदा दिने निर्णय गरेको उल्लेख छ ।

कुस्माको छिमेकी बागलुङ्गको जैमिनु नगरपालिकाले पनि सार्वजनिक बिदा दिने निर्णय गरेका छन । प्रदेश सरकारले सार्वजनिक बिदा दिने अपेक्षा गरिएको भएपनि अहिले सम्म औपचारिक निर्णय गरेको छैन ।