प्रमुख समाचार

पर्वतको लुंखुदेउरालीमा समुदाय– प्रहरी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

August 14, 2019

पर्वत– पर्वतको महाशीला गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र वडा नं. ५ लुंखुदेउरालीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले एकीकृत सुरक्षा योजना बनाएर शान्ति सुरक्षालाई मजुबुत बनाईएको र विकास निर्माणका कार्यलाई पनि विनाअवरोध सम्पन्न गर्न पहल गरिएको बताउनुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि नागरिक र प्रहरीबीच आवश्यक सहकार्य हुनुपर्ने बताउनुभयो । नागरिकहरु पनि बर्दि बिनाको प्रहरी भएको बताउँदै आफ्नो ठाउँमा शान्ति सुरक्षा कायम गर्नका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले मदिरा विक्रिवितरण तथा सेवन, जुवातास लगायतलाई पूर्ण रुपमा निषेध गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले अपराध न्यूनिकरण र शान्ति सुरक्षालाई चुस्त राख्नका लागि प्रहरीलाई नागरिकले सहयोग गर्न आग्रह गर्नुभयो । महाशीलाका प्रवक्ता जीवन विक्रम उच्चैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनी, महाशीला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्री लगायन स्थानीय राजनीतिक दल, जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नेपालले लुंखु प्राथमिक स्वास्थ्य चौकी र महाशिला गाउँपालिकाको कार्यालय अनुगमन पनि गर्नुभएको प्रवक्ता उच्चैले जानकारी दिनुभयो ।