मुख्य समाचार

लोकसेवा आयोगको विज्ञापन रोकेर युवाको रोजगारी नखोस : काँग्रेस

By लोकतन्त्र अनलाईन

June 13, 2019

काठमाडौं – लोकसेवा आयोगको विज्ञापन रोकेर युवाको रोजगारी नखोस्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकार र सरोकारवालासँग आग्रह गरेको छ । विज्ञापन खुलाउने क्रममा भएका त्रुटी सच्याउन आग्रह गर्दै काँग्रेसले संविधान अनुकुल बनाएर परीक्षा दिने वातावरण श्रृजना गर्न आग्रह गरको हो । ललितपुरको सानेपास्थित पार्टी कार्यलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले लोकसेवा आयोगको विज्ञापनमा फर्म भरेका १ लाख भन्दा वढी युवाको भविष्य अन्धकार नबनाउन आग्रह गर्नुभयो । काँग्रेसले गुठी सम्वन्धी विद्येयक फिर्ता लिन समेत सरकारसँग आग्रह गरेको छ । धर्म र सांकृतिक धरोहरहरुलाई मासेर सरकारले अधिनायकबाद लाद्न खोजेको प्रवक्ता शर्माले आरोप लगाउनुभयो । जागरण अभियानका क्रममा मुलुकभरबाट ३१ हजार ६ सय ३९ जनालाई पार्टीमा प्रवेश गराउन सफल भएको काँग्रेसले दावी गरेको छ । गत वैशाख २५ देखि जेठ २५ गतेसम्म भएको जागरण अभियान राष्ट्रिय राजनीतिमा पार्टीको कमजोरी सुधार गर्न र संगठन सुदृढिकरणमा कोशेढुङ्गा भएको काँग्रेसको ठहर छ । दोस्रो चरणको जागरण अभियान भने आगामी भदौ २४ गतेदेखि जननेता विपी कोईरालाको जन्मदिनको अवसर पारेर शुरु गरिने काँग्रेसले जनाएको छ ।