प्रमुख समाचार

पर्वत काँग्रेसको जागरण अभियान पर्वतको मिलनचोकमा

By लोकतन्त्र अनलाईन

September 13, 2019

पर्वत–नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुक्रवार पर्वतको जलजला गाउँपालिका स्थित मिलनचोकमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेस सुर्यमा भोट हाल्ने काँग्रेसवाटै खतरामा रहेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसमा मै हुँ भन्ने नेताहरुले नै सुर्यमा भोट हाल्न तम्सीएको उदाहरण दिँदै त्यस्ता नेतालाई तल्लो तहका कार्यकर्ताले नै पराष्त गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा ठुलो पद लिएका नेताहरुले नै गाउँका कार्यकर्तालाई क्रियाशिल हुन अवरोध गरेको जोशीले बताउनुभयो । केन्द्रिय प्रतिनिधी एवम् पूर्व राज्य मन्त्री चम्पादेवी खड्काले काँग्रेसले महिलाहरुलाई प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । अन्य पार्टीहरुले महिलाहरुलाई उपेक्षा गरिरहेको अवस्थाामा काँग्रेसले महिलामुखी निती ल्याउनु सकरात्मक भएको दावी गर्नुभयो । नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले पार्टीमा अनुशासन हिनता बढ्दै गएको बताउँदै अनुशासन भित्र बस्न सवैलाई आग्रह गर्नुभयो । उहाँले पार्टीमा अनुशासन हिन नेता तथा कार्यकर्तालाई तल्लो तहवाट कारबाही हुनुपर्नेमा जोड दिनुभयो । कार्यकर्ता र स्थानीयको बाक्लो उपस्थिती रहेको कार्यक्रममा साबित्री खत्री, लक्ष्मी हमाल, बालकुमारी जिसी, मायाकुमारी शर्मा, भिमनाथ आचार्य, रमेश रेग्मी, डण्डपणी रिजाल, होमवहादुर पुन, रुद्रप्रसाद आचार्य, हरिविकास जिसी, राजाराम आचार्य, कुलवहादुर खत्री, लेखनाथ रेग्मी, विप्लव हमाल लगायतले बोल्दै काँग्रेसले हिन्दु धर्मको एजेण्डा छाडेको, नेताहरु आरोप प्रत्यारोपमा उत्रिएको, पार्टीमा अनुशासन हराउँदै गएको, पार्टीमा लेवि सिस्टम पुर्नस्थापना गर्नुपर्ने माग गरेका थिए । कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्याक्ष सिमा गर्जुजा र विषयवस्तु माथि प्रदेश क सहसचिव जितवहादुर पुनले प्रकाश पार्नुभएको थियो । प्रदेश क का सचिव कमल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेसका नेता राजु आचार्य र कार्यक्रमको संचालन प्रदेश क का सचिव कृष्णप्रसाद लामिछानेले गर्नुभएको थियो । उक्त समारोहमा नाग्लीवाङका नेकपाका नेता हरेमवहादुर खत्री नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टिमा स्वागत गरिएको थियो ।