प्रमुख समाचार

पर्वतका २१ वर्षिय युवाको यो नमुना काम, १९ लाख रुपैया लगानी गरेर गाउँमै नमुना कृषि फर्म

By लोकतन्त्र अनलाईन

September 13, 2019

पर्वत– नेपालमा आजआर्जनको कुनै सम्भावना नदेखेर दैनिक हजारौको संख्यामा युवाहरु विदेश पलायन भैरहेका छन् । कतिपय विदेश फर्केपछि पश्चाताप गर्ने गरेको पनि पाईन्छ । तर स्देशमै पनि कृषि क्षेत्रमा लगानी गर्ने हो भने विदेशमा भन्दा पनि गतिलो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउँदै यहाँका एक युवाले गाउँमै ठुलो रकम लगानी गरेर कृषि व्यावसाय थालेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीका २० बर्षिय युवा सागर कार्किले गाउँमै ठुलो रकम लगानी गरी व्यावसायिक कार्कि कृषि तथा पशुपंक्षी फर्म संचालनमा ल्याएका हुन् । उनले विगत एक वर्षदेखि यो फार्म संचालनमा ल्याएका हुन् । झण्डै १४ रोपनी क्षेत्रफलमा बाख्रा, स्थानीय जातको कखुरा, माछा पालन गर्दै आएका छन् । त्यसैगरी किवी, एभोगार्डो, कफी, अलैची, सुन्तला र कागती लगातका फलफुलको खेती समेत शुरु गरेका हुन् । २० वर्षको कलिलो उमेरमै ठुलो रकम लगानी गरी फार्म संचालनमा ल्याएका कार्कि जिल्लाकै कान्छा नमुना कृषक हुन् । उनले शुरुवातमा  लाख लगानी गरेपनि हालसम्म २६ लाख रुपैया लगानी पुगेको छ । स्नातक सम्मको अध्ययन गरेर गाउँ फर्किएका युवा केसीले शुरुवातमै रु १९ लाख रुपैया लगानी गरेर व्यावसाय थालेका हुन् । भने कार्किले करिव छ रोपनि जग्गामा किवि खेति पनि लगाएका छन् । मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि मन्नगे आम्दानी गर्न सकिन्छ भन्ने विश्वासले फार्म संचालनमा ल्याएको उनले बताए । फर्म सन्चालनका लागि आफैले सवै रकम लगानी गरेको तर हालसम्म कुनै संघ संस्थाबाट अनुदान रकम प्राप्त नगरेकाले उनले बताए । अहिले उनको फार्मममा ४० वटा माउ बाख्रा र २० वटा पाठापाठी गरेर झण्डै ६० वटा रहेका छन् । उनको वाख्रा फार्ममा अस्ट्रलियन, बोयर, जमुना, खरी जातका बाख्रा, त्यस्तै पोखरीमा माछा, सय÷सयवटाको हाराहारीमा कागती, सन्तला, एभोगार्डो र कफि, र ६ हजार भन्दा बढि अलैची जस्ता फलफुहरु समेत लगाएका छन् । अहिले परिक्षणको रुपमा सवै फलफुल लगाएको र तीनिहरुको उत्पादनको अवस्था हेरेर कुनलाई प्राथमिकता दिने भन्ने समय भैनसकेको उनले बताए ।

आफ्ना आमाबाबु सानैमा गुमाएका कार्किले विदेशमा रहेका आफ्ना दाजुको प्रेरणाबाट यो पेशामा हात हालेका हुन् । आफ्नो विदेश जाने इच्छा भएपनि दाजुहरुले गाउँमै रहेको जग्गाको सदुपयोग गरेर कृषि फार्म संचालन गर्न सुझाव दिएपछि गत वर्षको साउनदेखि यो फार्म संचालनमा ल्याएको उनले बताए । उनले विकट गाउँमा ठुलो रकम लगानी गरेपनि बार्षिक ५ लाख भन्दा बढि आम्दानी हुने अपेक्षा गरेका छन् । फार्ममा उनि आफैमात्र स्वरोजगार बनेका छैनन् । गाउँका अन्य तीन युवालाई समेत रोजगारी दिएका छन् । मासिक रु १५ हजार रुपैया तलब दिनेगरी तीन जना युवालाई रोजगारी समेत दिएको उनले बताए । पछिल्लो समय प्रत्येक गाउँमा ब्रोईलर जातको कुखुरा लहर नै चलेका बेला कार्किले आफ्नो फर्ममा भने स्थानीय जातका कुखुरा पाल्दै आएका छन् । उनले एक सय भन्दा बढि स्थानीय जातका कुखुरा पाल्दै आएको बताए । पछिल्लो समय शहरबजारमा स्थानीय जातका कुखुराको माग उच्च भएकाले पनि आफुले ढिलो आम्दानी हुने भएपनि स्थानीय जातकै कुखुरा पाल्दै आएको उनको भनाई छ । जुनसुकै कृषिजन्य उपज बजारको माग अनुसार उत्पादन गर्न सकेमा विक्रि हुने समस्या नहुने उनको अनुभव छ । उनले यो व्यवासयालाई क्रमशः विस्तार गर्दैै लैजाने योजना समेत बनाएका छन् । राज्यले कृषि क्षेत्रमा लाग्ने युवालाई विभिन्न अनुदान तथा शैक्षिक प्रमाणपत्र राखेर सहुलियतमा ऋण उपलव्ध गराउने समाचारमा सुनपनि यस्तो कार्यक्रमबाट उनि विमुख रहेको बताएका छन् । अहिलेसम्म तीनवटै तहका सरकारले कृषि क्षेत्रमा गरेको अनुदानमा आफु समावेश हुन नसकेको उनको भनाई रहेको छ । कतिपयले भर्खरै २०÷२१ वर्षको उमेरमा यस्तो व्यसाय गरेर प्रगति हुँदैन भन्दै आलोचना समेत गर्छन उनले भने–‘तर मलाई यो पेशामा निकै आनन्द र सन्तुष्टि मिलेको छ ।’ कृषक युवा कार्किले आफ्ना दुई दाजुहरुलाई पनि गाउँमै फर्काएर यहि पेशामा आवद्ध गराउने सोच रहेको बताए । यो खबर धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो । अविवाहित कार्कि एक्लैको यो प्रयास उदाहरणीय रहेको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीका वडा अध्यक्ष जंगवहादुर केसीले बताए । उनलाई नगरपालिकाबाट विभिन्न अनुदानका कार्यक्रममा सहयोग गर्ने उनको प्रतिवद्धता रहेको छ ।