पत्र-पत्रिका

अधिकांश म्यानपावर बन्द हुने अवस्थामा

By लोकतन्त्र अनलाईन

August 13, 2019

काठमाडौं : सरकारले मलेसियालगायतका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अबस्थामा पुगेका छन्। मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुस्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्न सक्ने अबस्थामा देखिएका छन्। सरकारले वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि भन्दै सुरु गरेको विभिन्न प्रावधानका कारण वैदेशिक रोजगारीको क्षेत्र सुस्त बन्दै गएको खबर कारोबार दैनिकमा छ। यसैको प्रभावस्वरुप मुलुकबाट वैदेशिक रोजगारीमा जाने कामदारमात्रै घटेका छैनन्, स्थानीय म्यानपावर एजेन्सीहरु पनि बन्द हुने अबस्थामा पुगेका छन्। सरकारले पनि म्यानपावर कम्पनीको संख्या बढी भएको भन्दै विभिन्न प्रावधान ल्याएर कडाइ गर्दै गइरहेको छ। गत आर्थिक वर्षमा मुलुकका १ हजार ८१ म्यानपावर कम्पनीमध्ये आधा जति म्यानपावरले एकसय भन्दा बढी कामदारलाई विदेश पठाउन नसकेको पाइएको छ।