प्रमुख समाचार

पर्वतमा नबआगन्तुक प्रजिअलाई कर्मचारी संगठनले गर्यो कार्यकक्षमै पुगेर स्वागत

By लोकतन्त्र अनलाईन

June 12, 2019

पर्वत- नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्वतले पर्वत जिल्लामा सरुवा भई पाल्नुभएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल ज्युलाई पर्वत जिल्लामा एक कार्यक्रम विच स्वागत गरिएको छ । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मिन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपाललाई खादा तथा मालाले स्वागत सम्मान गरिएको थियो । स्वागत कार्यक्रममा नेगा पर्वतका अध्यक्ष मिन प्रसाद श्रेष्ठ, सिविए अध्यक्ष उद्धिम राज पौडेल, केन्द्रीय कोषाध्यक्ष बखत बहादुर खड्का, निवर्तमान केन्द्रीय सदस्य रामजी प्रसाद शर्मा लगायत अन्य संगठकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले न्यानो माया सहितको स्वागतको लागि हार्दिक धन्यवाद व्यक्त गर्दै जिल्लामा नागरिकहरुको सेवा प्रवाहमा काम गर्ने क्रममा सवै ट्रेड युनियनहरु सँग समन्वय गरेर काम गर्ने भन्दै नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न निर्देशन पनि दिनु भयो । स्वागत कार्यक्रम कै क्रममा संगठनका अध्यक्ष मिन प्रसाद श्रेष्ठले जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहदा सधै कुशल अभिभावक रुपमा हेरेको बताउनु भयो ।यस अघिका सिडीयो गुरुदत्त ढकालको कास्की सरुवा भएपछि नेपाल रुपन्देहिवाट पर्वत आउनुभएको हो ।