पर्वतको आर्थरमा विद्यालय भवनको उद्घाटन गर्दै मन्त्री लम्सालले भने वुर्जुवा शिक्षाको अब अन्त्य गरौँ

By लोकतन्त्र अनलाईन

May 12, 2019

माधव पराजुली पोखरा पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्क स्थित शुभ कल्याण आधारभुत विद्यालयमा नव निर्मीत ट्रस भवनको उद्घाटन गरिएको छ । स्थानिय मेजर स्व.धन वहादुर र नर वहादुर गुरुङको परिवारले १५ लाखको लागतमा उक्त विद्यालयमा ट्रस भवन निर्माण गरिदिएको थियो । उक्त विद्यालय भवनको उद्घाटन शनिवार गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री लम्सालले भवन निर्माणमा सहयोग गर्ने स्थानीय मेजर स्व.धन वहादुर र नर वहादुर गुरुङका परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै खालका विद्यालय भवन निर्माण तथा अन्य पुर्वाधारका क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो । देशको मेरुदण्ड नै शिक्षा भएकाले त्यसको विकासका लागि शिक्षा प्रेमी तथा समाजसेवी व्यक्तित्वहरु निरन्तर लाग्न सकेमा विद्यालयको शैक्षिक स्थितीमा आमुल परिर्वतन आउने धारणा राख्नुभयो ।

मन्त्री लम्सालले वुर्जुवा शिक्षाको अब अन्त्य गरी व्यवहारिक तथा प्राविधिक शिक्षाको नयाँ नीति आवश्यक रहेको बताउनुभयो । मानिसलाई शिक्षित मात्र बनाउने परम्परागत शिक्षाले नेपालको दक्ष जनशक्ति खेर गइरहेको बताउदै मन्त्री लम्सालले राज्यले अबको परिवेशमा पनि नयाँ निति नलिए देश अशिक्षित र बेरोजगारको राष्ट्र बन्नीरहने धारणा राख्नुभयो । “प्रत्येक विद्यालयलाई अब प्रविधि सँग जोड्न आवश्यक छ,विदेश प्लायन हुने शिक्षा अब हामीलाई चाहिएको छैन, मन्त्री लम्सालले भन्नुभयो” जनसंख्या र जनशक्ति जव हामीले राख्न सक्दैनौँ तव सम्म मुलुकको विकास गर्न सक्दैनौँ” । अझै पनि शिक्षाको वर्तमान अवस्थालाईनै निरन्तरता दिनेहो भने राज्यले अदक्ष जनशक्ति मात्र पाउने भन्दै तत्काल नेपालको शिक्षा प्रणाली लाईनै परिर्वतन गर्दै प्राविधिक तथा व्यवहारिक शिक्षा पद्धतीलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । समयअनुकूल, गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवश्यकता रहेकाले व्यवहारिक शिक्षा दिन नसक्ने जुनकुनै विद्यालय अब बन्द गर्नुको विकल्प नरहेको बताउनुभयो ।

“विज्ञान र प्रविधिको द्रुतगतिमा विकास भइरहेको आजको युगमा नेपालमा विज्ञान प्रविधि, इन्जिनियरिङ शिक्षा अध्ययन गर्न विद्यार्थीले नयाँ सुत्र प्रयोग गर्न पाउन,मन्त्री लम्सालले भन्नुभयो”व्यक्तिले आर्जन गरेको ज्ञान र सिपको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षाको ध्येय हो । आजको शिक्षा जुन मात्रामा व्यावहारिकरूपमा हुनुपथ्र्यो त्यो मात्रामा प्रयोगमा आउन सकिरहेको छैन,उहाँले भन्नुभयो”व्यावहारिक शिक्षाको लागि सर्वप्रथम सरकारी नीति आवश्यक छ,यस तर्फ प्रदेश सरकारको भने ध्यान गईरहेको छ । नयाँ टेक्नोलोजिको आविष्कार गर्न सक्ने शिक्षा राष्ट्रले खोजिरहेको र गण्डकी प्रदेश सरकारले व्यवहारिक शिक्षाका लागि विभिन्न प्रयत्न भने गरिरहेको उहाँको भनाई छ । मन्त्री लम्सालले सरकारले अब ल्याउन लागेको नयाँ बजेटले ग्यर बदलिने र मुलुकको स्वरुपमानै परिर्वतन ल्याउने दाबी गर्नुभयो । .पोखरा लिंकर कलेजका क्या शेर ब.व.गुरुङले ग्रामिण भेगमा रहेको विद्यालयको पठनपाठनमा सहजता होस भनी आफुहरुले भवन निर्माणमा सहयोग गरेको बताउनुभयो । क्या.लाल प्रसाद गुरुङले विद्यालयको भवन निर्माण सँगै विद्यालयमा रु. १ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । कार्यक्रममा लालकाजी गुरुङ,प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी,वडा नं. १४ का वडाध्यक्ष भिम गुरुङ,विद्यालयका प्र.अ.सुयन्द्र शर्मा गौतम लगाएतले बोल्नुभएको थियो ।

सोही अवसरमा विद्यालयमा सरस्वती मन्दिरको समेत शिलान्यास गरिएको छ । सरस्वती मन्दिर निर्माणको लागि आर्थर डाँडाखर्कका पोखरामा बसोबास गर्ने विभिन्न व्यक्तिहरुले करिब ३ लाख रकम समेत सहयोग गरेका छन् । सोही अवसरमा विद्यालयमा आर्थीक तथा भौतिक सहयोग गर्ने सहयोगदाताहरु लाई सम्मान गरिएको थियो ।