प्रमुख समाचार

लप्सीको बोटमा करेन्ट लाग्दा पर्वतमा एक युवाको मृत्यु

By लोकतन्त्र अनलाईन

April 12, 2019

पर्वत/केबुल टिभीको तार टाग्ने क्रममा करेण्ट लागेर पर्वतकोे मोदी गाउँपालिकामा शुक्रबार एक युवाको मृत्यु भको छ । मोदी गाउँपालिका १ भुक सरौ गाउँमा केवलकारस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका –५ का २१ बर्षिय डेबिट राईको मृत्यु भएको हो । माँझकिरात केबुल नेटवर्क प्रा.लि.कास्कीमा कार्यरत राईको लप्सीको बोटमा रहेको पुरानो केबुलको तार झिक्ने क्रममा करेण्ट लागेको थियो । लप्सीको बोट अन्दाजी ३० मिटर टाढा रहेको थ्रि फेज बिधुतको लाईनमा बिधुत सर्ट भई करेन्ट लागेर घटनास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।