प्रमुख समाचार

कुश्मामा रहेको शिवालय माविको शैक्षिक गुणस्तर अभिबृद्धिबारे अन्तरक्रिया

By लोकतन्त्र अनलाईन

April 12, 2019

पर्वत–पर्वत सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवालाहरुको बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका कर्मचारीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । शिवालय मा.वि.को आयोजनामा भएको कार्यक्रमको समन्वय नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाले गरेको थियो । अन्तरक्रियामा सहभागीहरुका बीचमा नयाँ शैक्षिक सत्र २०७६ मा बिद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि के के गर्न सकिन्छ ? भन्ने बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्ने शिक्षकहरुले आँपूmहरुका कमजोरी औँल्याउँदै विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने कामहरुको बारेमा बिचार राख्नुभएको थियो भने व्यवस्थापन समिति र विद्यालय प्रशासनले पनि शिक्षकहरुले गर्नुपर्ने कार्यसम्पादनको बारेमा जानकारी गराएका थिए । अन्तरक्रियामा बोल्दै कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले विद्यालयमा सि.सि. क्यमेरा जडान गरी हरेक क्रियाकलापको बारेमा नियमन गर्न सुझाव दिँदै आई.सी.टी.को अधिकतम प्रयोग गर्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो । नयाँ शैक्षिक सत्रमा नगरपालिका भित्रका बिद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि आँपूmले योजनाहरु बनाईरहेको बताउँदै उहाँले बिभिन्न ५२ ओटा सूचकमा केन्द्रित रहेर सबै बिद्यालयको अनुगमन गरिने जानकारी गराउनुभयो । नगर शिक्षा अधिकृत क्षेत्रीले बिद्यालयमा जाने बजेटलाई रकमान्तर गरेर अन्य शीर्षकहरुमा खर्च नगर्न पनि बिद्यालयलाई अनुरोध गर्नुभयो । यस्तै, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले बिद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिका लागि समितिको तर्पmबाट गर्नुपर्ने कामहरु आँपूmले सम्पादन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बिद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँले नयाँ शैक्षिक सत्रमा शिक्षकहरुलाई नयाँ जोश र जाँगरको साथमा आउन अनुरोध गर्दै शिक्षक सक्रिय भएमा मात्र सिकाई उपलब्धि बृद्धि हुने बताउनुभयो । अन्तरक्रियामा बिद्यालयमा रहेका समस्या, कक्षागत रुपमा नतिजाको समिक्षा, आगामी सम्भावनाको बारेमा पनि छलफल भएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रध्यापक राजेन्द्र पहाडीले गर्नुभएको थियो । शिवालय माध्यमिक विद्यालयलमा चालु शैक्षिक सत्रमा ई.सी.डी. देखि १० कक्षासम्म झण्डै ५ सय जना बिद्यार्थी अध्ययनरत रहेका छन । सोही कार्यक्रममा गएको शैक्षिक सत्र २०७४ को एस.ई.ई.मा उत्कृष्ट नतिजा ल्याउने छात्र सिद्धान्त पौडेलका बुबा माधवप्रसाद पौडेललाई नगर शिक्षा अधिकृत क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।