प्रमुख समाचार

प्रेस युनियन पर्वतको अध्यक्षमा माया अधिकारी

By लोकतन्त्र अनलाईन

January 12, 2019

पर्वत– नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कुल खसेका ६० मत मध्ये माया अधिकारीको पक्षमा ३० मत परेको थियो भने उहाँका निकटतम प्रतिद्धन्द्धि उत्तम अधिकारीले पनि ३० मतनै प्राप्त गर्नुभएको थियो । अध्यक्षका दुवै उम्मेदवारको मत बराबर परेपछि गरिएको गोलाप्रथाका क्रममा माया अधिकारी पहिलो दुई वर्षे कार्यकालका लागि अध्यक्ष बन्नुभएको छ भने पछिल्लो दुई वर्ष उत्तम अधिकारीले जिम्मेवारी लिने प्रेस युनियन पर्वतले जनाएको छ । प्रेस यूनियन जिल्ला शाखाको कार्यवधि ४ बर्षे हुने छ । त्यसैगरी कार्यसमितिको खुल्ला उपाध्यक्षमा रोशन तिवारी, समाबेशी उपाध्यक्षमा ठाकुर रसाईली, सचिवमा साजन परियार, कोषाध्यक्षमा रामकृष्ण लामिछाने र सहसचिवमा संगीता क्षेत्री चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा देवराज पुरी, बिष्णुप्रसाद तिवारी, कामना रेग्मी, मिना पराजुली, मुना शर्मा लामिछाने रहनुभएको छ । प्रदेश पार्षदमा बिषन क्षेत्री, याम परीयार, जीवन्धर शर्मा, प्रकाश आचार्य, इश्वरीप्रसाद शर्मा, पूर्ण कुमार श्रेष्ठ, मोती प्रसाख चुवाँई, योगराज गिरी, अच्युत तिवारी, रामकृष्ण लामिछाने, छविलाल तिवारी, कामना रेग्मी, सुनिता शर्मा, सञ्जु कुमारी शर्मा, पशुपति कार्की र मुना शर्मा लामिछाने चयन भएका हुन् । अधिवेशनले केन्द्रिय पार्षदमा छविलाल तिवारी, ईन्द्रकुमार बिकल्प, गणेश बहादुर क्षेत्री, गोविन्द अधिकारी, रामप्रसाद शर्मा, हरिनारायण रेग्मी, ओमप्रसाद घायल, विश्व प्रकाश प्रसाँइ, सरस्वती शर्मा जिज्ञासु, मुना भूषाल, इन्दिरादेवी शर्मा र बिष्णु गौतम चयन हुनुभएको अध्यक्ष माया अधिकारीले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष माया अधिकारीले आम सञ्चार माध्यम र श्रमजिवि पत्रकारहरुको हकहितका निम्त सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रममा प्रेस यूनियनका उपाध्यक्ष रमेश शर्मा, केन्द्रिय सदस्य दिलिप पौडेल लगायतको उपस्थिति रहेको थियो ।