प्रमुख समाचार

चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमण आज: यस्तो छ कार्यतालिका

By लोकतन्त्र अनलाईन

October 12, 2019

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार आज नेपाल आउदैछन्। उनको भ्रमणमा शनिबार साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जनाइएको छ।  सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो । यस्तो छ शनिबारको कार्यतालिका  राष्ट्रपति सी शनिबार बेलुकी ५: ००  बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणसँगै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत गरिने छ। विमानस्थलमै सैनिक सलामी अर्पण गरिने  छ। ६ बजे सी सोल्टी होटल जानेछन्। त्यसपछि  ६: ३० बजे  राष्ट्रपति भवन शीतलनिवास जाने कार्यतालिका छ। करिब ४५ मिनेट दुई पक्षीय छलफल पछि सोल्टी होटल फिर्ता हुने सवा सात देखि साढे सात बजेसम्म विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ। ७: ३० देखि राजकीय भोजमा सहभागी हुनुका साथै  सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको छ। शनिबार मुख्यगरी राष्ट्रपतिसँग भेट र राष्ट्रपतिको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ। सीको रात्रिभोज गराउने होटल सोल्टी निकै सिँगारीएको छ भने उच्च सुरक्षा सतर्कता अपनाइएको छ।