अर्थ/बाणिज्य

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्वतमा पुनः भुसाल

By लोकतन्त्र अनलाईन

October 12, 2019

पर्वत–शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्वतको सातौ साधारण सभा तथा तेस्रो अधिवेशन शुक्रवार कुश्मामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले शिक्षकहरु आफ्नो पेशागत सक्रियता सँगसँगै आर्थिक क्षेत्रमा समेत लाग्न यस्ता सहकारीको महत्वपुर्ण भूमिका रहने बताउनुभयो । उहाँले शिक्षकहरु आफ्नो पेशाप्रति उत्तरदायि हुनुपर्ने बताउँदै पेशागत सुरक्षाका लागि एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । यस्ता खालका सहकारी मार्फत अवकाश प्राप्त भएपछि पनि आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने भन्दै सहकारीलाई आयआर्जनसँग जोड्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा पेशागत महासंघ केन्द्रीय सदस्य देविप्रसाद बस्याल, नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गोविन्द भण्डारी, पर्वतका अध्यक्ष चिरञ्जिवि अधिकारी, नेकपाका नेता गोविन्द पहाडी लगायतले बोल्नुभएको थियो । अधिवेशनले टंकलाल भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा चुडामणी सुवेदी, सचिबमा रघुनाथ सुवेदी, सहसचिब चन्द्रप्रकाश अधिकारी,कोषाध्यक्षमा हिराकुमारी शर्मा र सदस्यहरुमा अमृतप्रसाद सुवेदी, चन्द्र गिरी, रामप्रसाद गौडेल, नारायण शर्मा, सरिता शर्मा रहनुभएको छ । दुई सदस्य पछि मनोनित गरिने भएको छ । लेखा समिति संयोजकमा भिमराज सापकोटा चयन हुनुभएको छ ।