प्रमुख समाचार

पर्वतको सिल्मीमा विद्युत पोलले यस्तो आपत, खै सरोकारवालाको ध्यान

By लोकतन्त्र अनलाईन

July 11, 2019

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ सिल्मी स्थित रानीस्वारामा विद्युत पोलको जोखिम बढेको छ । विद्युतको पोल ढल्दा करेण्ट लाग्ने त्रास बढेको छ भने स्थानीयले रोपाई गर्न समेत पाएका छैनन् । स्थानीय पंकज पौडेल यस्तो स्टाटस लेख्छन् ।:- कुनपा ११सिल्मीरानिश्वारापर्वत काे याे बिधुत काे अबस्था सराेकार वालाकाे अाखाँमा कहिले घुस्ने हाे? जनप्रतिनिधि हरूलाई गाउँ काे बिकाशमा अाखाँमा पट्टी बाधेर बस्न जनताले चुनेका हैनन् तरून्त यसकाे मर्मत गरियोस् दुर्घटना हुनु भन्दा दुर्घटना हुन नदिनुनै राम्रो हाेला कि!!!