पर्वतमा काँग्रेस सभापति देउवाको यस्तो छ आजको ब्यस्तता - News site from Nepal
पर्वतमा काँग्रेस सभापति देउवाको यस्तो छ आजको ब्यस्तता

पर्वत– केहि दिनदेखि धौलागिरिका विभिन्न कार्यक्रममा सरिक हुन यस क्षेत्रमा रहनुभएका नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर आज पर्वतमा आयोजित विभिन्न कार्यक्रममा ब्यस्त रहनुहुने भएको छ ।
शनिवार म्याग्दी र आईतवार बागलुङमा आयोजित आमसभालाई सम्वोधन गर्नुभएका देउवा आज पर्वतका तीन वटा कार्यक्रममा सरिक हुनुहुने कार्यक्रम रहेको नेपाली काँग्रेस पर्वतका सचिब युक्तप्र्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विहान साढे १० बजे उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसको पालिका कार्यसमितिको पार्टी कार्यालयको भवन शिलन्यास गर्नुहुने भएको छ । त्यस्तै स्वर्गिय मोहनबहादुर मल्लको शालिक सिलन्यास कार्यक्रम पनि सोहि स्थानमा आयोजना गरिएको छ ।
दुवै शिलन्यास कार्यक्रम पछि पूर्व प्रधानमन्त्री देउवा नेपाली काँग्रेस पर्वतले आयोजना गरेको जिल्ला भेलालाई सम्वोधन गर्न सदरमुकाम कुश्मा आउनुहुने कार्यक्रम रहेको छ । जिल्ला भेला दिउँसो १२ बजेपछि शुरु हुने भएको छ ।
आइतवार हुने भनिएको जलजलाका विभिन्न कार्यक्रम नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधि थमनबहादुर गुरूङको शुक्रवार राति भएको निधनपछि आजका लागि सारिएको थियो ।
जिल्ला भेलालाई सभापति देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, कोषाध्यक्ष विद्धान गुरुङ्ग लगायतका केन्द्रीय नेताहरुले सम्वोधन गर्नुहुने छ । भेलामा जिल्लाका ६१ वटै वडाका सभापति, भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरु र आम कार्यकर्ताहरु सहभागि हुने कार्यक्रम रहेको सचिब श्रेष्ठले जानकारी दिनुभयो । उहाँ पर्वतको कार्यक्रम सकेर आजै राजधानी फर्किने कार्यक्रम रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!