मुख्य समाचार

पर्बतको कटुबाचौपारि स्थित आईबल एकेडेमी बोर्डिङ स्कुलमा संस्कृत पढाई

By लोकतन्त्र अनलाईन

August 11, 2019

पर्बत,सुबास लामिछाने/यी कुनै संस्कृत विद्यापिठ या आश्रममा पढ्ने विद्यार्थी होईनन् । तस्बिरमा देखिएका सबै बिद्यार्थीहरु पर्बत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारि स्थित आईबल एकेडेमी बोर्डिङ स्कुलमा पढ्ने बिद्यार्थीहरु हुन । नीजि बिद्यालयमा अंग्रेजी भाषामा मात्रै पढाई हुने सन्दर्भमा उक्त बिद्यालयले भने लोप हुन लागेको संस्कृत विषयलाई अनिवार्य विषयको रुपमा पठनपाठन गराउन थालेको हो । मौलिक भाषा र संस्कृती जगेर्ना गर्ने उदेश्यकासाथ विद्यालयले कक्षा ४ देखि ८  सम्मको पाठ्यक्रममा संस्कृत विषय राखेर पढाउन थालेको छ । बिद्यालयले यसै शैक्षिक सत्रदेखि संस्कृत भाषामा पठनपाठन शुरु गर्न लागेको प्रिन्सीपल बिमल पौडेलले बताए । पौडेलले बोर्डिङ भन्नेवित्तीकै अंग्रेजी मात्र ठान्ने भन्दै पाश्चात्य भाषासंगै संस्कृत भाषाको जानकारी जरुरी ठानेर यसको पढाई सुरु गरेको बताए । विद्यालयले कक्षा ८ सम्म संस्कृत विषय अनिवार्य गराउने बताएको छ । कक्षा ४ देखि ८ सम्म स्थानिय पाठ्यक्रमको रुपमा र ९ र १० लाई अतिरिक्तm  कक्षाको रुपमा अगाडि बनाउने सोच लिएको बताउँदै संस्कृत पढाउन पाउँदा गर्व लागेको बताए । अंग्रेजी, नेपालीसंगै सस्कृत समेत पढ्न पाएकोमा विद्यार्थी खुसी छन । संस्कृत पढ्न रमाइलो लाग्ने गरेको कक्षा ४ कि छात्रा स्मृति लामिछानेले बताईन । उनले कक्षा १ देखिनै बोर्डिङमै पढ्दै आएको र संस्कृतको बिषयमा आफुलाई केहि पनि ज्ञान नभएको समयमा बिद्यालयले संस्कृत पढाई शुरु गरेकोमा खुसि लागेको बताईन ।

उनले पढाई शुरु भएको धेरै समय नभएपनि संस्कृतको पिरियडमा संस्कृतमै कुराकानी गर्दै आउने गरेको उनले यसरी सुनाईन । विद्यार्थीको सजिलोका लागि विद्यालयले संस्कृतको नेपाली र अंग्रेजी अर्थसहित पुस्तक पढाउन थालेको छ । यसले विद्यार्थीलाई बुझन सजिलो भएको र उनीहरु आफैं पनि धेरै सिक्न सहज हुने प्रिन्सीपल पौडेलले जानकारी दिए । कक्षा ७ मा अध्ययनरत छात्र सृजन पौडेलले संस्कृत शिक्षाले अनुशासन र नैतिकताको पाठ समेत सिकाउन थालेको बताए । शुरुमा पढ्न र बुझ्न निकै असजिलो लागेपनि पछिल्लो समय सजिलो लाग्न थालेको उनको भनाई छ । संस्कृत पढन थालेपछि विद्यार्थीको व्यबहारमा सकारात्मक परिवर्तन देखिन थालेको संस्कृत शिक्षक भगवान आचार्यले बताए। संस्कृतका नैतिक शिक्षाको कथा पढेसंगै बिद्यार्थीहरुमा पनि हल्का परिवर्तन देखिएको र मेलमिलाप दया मायाको भाव बढ्न थालेको उनको भनाई छ । संस्कृत प्रत्येकले जान्नु पर्ने भाषा भएको उनको भनाई छ ।

स्थानीयले पढन चाहे संस्कृत कक्षा चलाउने विद्यालयले लक्ष्य लिएको पिन्सिपल पौडेलले सुनाए । संस्कृत सवैले जान्नु पर्ने भाषा रहेको भन्दै उनले पढ्ने इच्छा भएका अन्यका लागि पनि आफहरुले कक्षा चलाउने सोच बनाएका छौं। संस्कृतको पढाइ सुरु भएसंगै विद्यालयमा गुड मर्निङ सरसंगै शुभ प्रभात गुरुम ! जस्ता शव्द सुनिन थालेको छ । धौलागिरी सञ्चार साप्ताहिकबाट