प्रमुख समाचार

नेपाल अडिटर्स एसोसिएसन पर्वतको स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

August 11, 2019

पर्वत– नेपाल अडिटर्स एसोसिएसन (अडान) जिल्ला समिति पर्वतले स्थापना दिवस तथा स्वागत सम्मान सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । १४ औं अडान डे अर्थात् स्थापना दिवसका सन्दर्भमा साविक धौलागिरीका तीन जिल्लामा क्रियाशील तथा अडानमा आवद्ध लेखापरीक्षकहरुको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको हो । अडान नेपालका केन्द्रीय सदस्य चन्द बहादुर सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बाग्लुङ , पर्वत र म्यादीका लेखापरीक्षकहरुले लेखापरीक्षणका विषयमा परेका समस्या , वर्तमान अवस्था र चुनौतीका सन्दर्भमा विचार आदान प्रदान गरेका थिए । कार्यक्रममा अडान गण्डकी प्रदेशका अध्यक्ष केस बहादुर केसी , उपाध्यक्ष नारायण प्रसाद शर्मा , प्रदेश सदस्य भोलानाथ शर्मा, अडान बाग्लुङका अध्यक्ष रमाकान्त शर्मा, म्याग्दीका नारायण सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो । यसैबीच हालै सम्पन्न भएको अडान गण्डकी प्रदेशको निर्वाचनबाट निर्वा्चित अध्यक्ष ,उपाध्यक्ष लगायतका अन्य पदाधिकारीहरुलाई वधाई तथा शुभकामना प्रदान गरिएको थियो । अडान पर्वतका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हेमराज लामिछानेले गर्नुभएको थियो ।