प्रमुख समाचार

ओखलढुङ्गा बस दुर्घटना, तीन जनाको मृत्यु, १७ घाइते

By लोकतन्त्र अनलाईन

July 10, 2019

ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको  छ ।  झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान डडुवा डाँडामा दुर्घटना भएको हो। दुर्घटनामा ड्राइभरसहित २ जना पुरुष र एक महिलाको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बसका चालक झापाका ४२ वर्षीय कृष्णबहादुर बस्नेत, सोलुदूधकुण्ड नगरपालिका–५ की ५२ वर्षीया माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका–१४ का ३० वर्षीय लालबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। बस घुम्तीमा अनियन्त्रित भई पल्टिएको प्रहरीले  बताएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।