प्रमुख समाचार

सांसद पदम गिरीद्धारा कालोपत्रे हुन लागेको साईकलचोक–गहतेपोखरा सडकको अनुगमन

By लोकतन्त्र अनलाईन

June 10, 2019

पर्वत–पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत कालोपत्रे हुन लागेको पर्वतको साईकलचोक–गहतेपोखरा सडकको सांसद पदम गिरीले अनुगमन गर्नुभएको छ । चालु आर्थिक वर्षको बजेटबाट रु. ४० लाख रुपैया बिनीयोजन गरेपछि यतिवेला उक्त सडकको कालोपत्रे गर्न थालिएको हो । कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीदेखि वडा नं. १२ ठुलीपोखरी जाड्ने सडकको साईकलचोक–गहतेपोखरा खण्ड कालोपत्रे गर्न लागिएको हो । उक्त सडकले झण्डै चार सय मिटर कालोपत्रे हुने बताईएको छ । कुश्मा कन्ट्रक्सनले जिम्मा लिएको उक्त कालोपत्रेको काम चालु आर्थिक वर्ष भित्रनै सम्पन्न हुने भएको छ । सडक अवलोकन गर्दै सांसद गिरीले सडक निर्माण गर्दा गुणस्तरलाई ध्यान दिन आग्रह गर्नुुभयो । दिनभरी कालोपत्रे गर्ने, राती आएको बाढीले बगाउने गरी विकास नगरी लामो समय टिक्नेगरी गुणस्तरमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । अनुगमनका क्रममा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, नेताहरु गोविन्द पहाडी, इश्वर गिरी, पिपलटारीका वडा अध्यक्ष सुजन विक लगायतको पनि सहभागिता रहेको थियो । पर्वतका यस वर्षदेखि झण्डै एक सय किलोमिटर ग्रामीण सडक कालोपत्रेका लागि धमाधम काम भैरहेको छ ।