प्रमुख समाचार

पर्वत पर्यटन प्रवर्दन केन्द्रमा श्रेष्ठ

By लोकतन्त्र अनलाईन

November 10, 2019

पर्वत– पर्यटनको क्षेत्रमा क्रियाशिल पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको तेस्रो अधिवेशन तथा आठौ साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले मिनप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा ठाकुर बि पौडेल, उपाध्यक्षमा गोपि अधिकारी, महासचिबमा देविप्रसाद तिमिल्सिना, सचिबमा गणेश पौडेल, सहसचिबमा शिवप्रसाद शर्मा र कोषाध्यक्षमा माया अधिकारी रहनुभएको छ । समितिका सदस्यहरुमा केशवदास वैरागी, तिला गिरी, देवि लामिछाने, शुसिलादेवी गुरुङ, प्रेम गुरुङ र सरिता भण्डारी तथा पदेन सदस्यमा निवर्तमान अध्यक्ष शिवशर्मा पौडेल रहनुभएको छ भने समितिको सल्लाहाकारमा गोविन्द पहाडी र विश्वप्रकाश प्रसाई रहनुभएको छ । समितिले गण्डकी प्रदेशले मनाईरहेको पर्यटन वर्ष सन् २०१९–२०२२ र संघीय सरकारले आव्हान गरेको पर्यटन वर्ष २०२० मा विभिन्न रचनात्मक र पर्वतमा रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा रचनात्मक भूमिका निर्वाह गर्ने जनाएको छ ।