प्रमुख समाचार

पर्वतको कुश्माबजार सरसफाईमा फेसबुकको सुनौलो संसार ग्रुप

By लोकतन्त्र अनलाईन

June 09, 2019

पर्वत– सामजिक संजाल फेसबुकको सदुपयोग र दुरुपयोग उत्तिकै छ । पछिल्लो समय सामजिक संजालका कारण समाजमा विभिन्न किसीमका घटनाहरु घटेको देख्दै र सुन्दै आईरहेका छौँ । सामाजीक संजालको गलत रुपमा प्रयोग गर्नाले समाजमा बिकृती, बिसंगती संगै बिभिन्न किसीमका भयानक घटनाहरु घटदै आएका छन । समाजिक संजाल फेसबुकको गलत प्रयोग हुन थालेको भन्दै आवाज उठिरहेका बेला पर्वतका युवाहरु फेसबुककै माध्यमवाट सामजिक कार्यमा जुट्न थालेका छन् । सामजिक संजाल फेसबुकमा आवद्ध सुनौलो संसार नामक फेसबुक ग्रुपले कुश्मा नगरपालिकाका विभिन्न क्षेत्रमा सरसफाई गरेको छ । ग्रुपले कुश्माको लोकतान्त्रिक चोक देखी शिवालय चोकसम्म जाने मोटरवाटो सरसफाई गरेको हो । ग्रुपका उपाध्याक्ष आदित भण्डारी र ग्रुपका संरक्षक विशाल केसीको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा ग्रुपका सचिव शोभा सुवेदी, सहसचिव विनीता कुवँर, कोषाध्याक्ष ममता सुवेदी, सदस्यहरु मनिशा पौडेल, राज पौडेल, मनिशा सुवेदी, झलक चापागाई, संगिता कुवँर, रक्षा आतार्य, पुर्णिमा गिरी लगायतका सदस्यहरुको सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो । कुश्मा बजार भित्र सडकका छेउछाउ र नाली सफा गरिएको छ ग्रपले जनाएको छ । वि सं २०७४ सालमा स्थापना भएको उक्त ग्रपुमा देशभरका १७ हजार सदस्यहरु रहेका छन् । ग्रपले रक्तदान, राहात वितरण तथा गरिव तथा दुखीहरुलाई सहयोग गदै आएको छ ।