प्रमुख समाचार

पर्वतको खरेहामा जेष्ठ नगारिक परामर्श केन्द्रको भवन निर्माण शुरु

By लोकतन्त्र अनलाईन

June 09, 2019

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ७ मा जेष्ठ नगारिक स्वास्थ्य परामर्श केन्द्रको भवनको निर्माण कार्य शुरु गरिएको छ । एक कार्यक्रमका वीच परामर्श केन्द्र भवनको संघिय सांसद पदम गिरीले शिल्यान्यास गरेका छन । जेष्ठ नागरिक मिलन केन्द्रले निर्माण गर्न लागेको उक्त भवनको सांसद गिरीले औपचारिक कार्यक्रमका वीच शिलान्यास गरेका हुन । भवनको शिलान्यास कार्यक्रममा बोल्दै सांसद गिरीले जेष्ठ नगारिकको सम्मान गर्नु राज्यको दायित्व भएको बताए । अनुभव, ज्ञान र सीपको भण्डार जेष्ठ नागरिकसंग हुने भएकाले उनीहरुको सम्मान गर्दै नयाँ पिढिले उनीहरुसंगबाट ज्ञान आर्जन गर्नुपर्ने धारणा राखे । विकसित मुलकमा राज्यतहबाट नै जेष्ठ नागरिकहरुको पालनपोषणको जिम्मा लिने गरेको उदाहरण दिदै सामाजिक सुरक्षा कार्यक्रम मार्फत नेपालमा पनि त्यो कामको शुरुवात भएको उल्लेख गरे ।सांसद गिरीले संघिय सरकार मार्फत उक्त भवन निर्माणका लागि बजेटको ब्यवस्थापन गरेका हुन । जेष्ठ नागरिकहरुद्धारा गठन भएको मिलन केन्द्रले भवन निर्माण कार्यको पहल गरेको थियो । मिलन केन्द्रको पहलमा २ करोड २६ लाख रकम विनियोजन गर्दै सांसद गिरीले भवन निर्माण कार्यको शुभारम्भमा सहयोग गरेका हुन । विनियोजन रकम मध्ये कहि रकम कुश्मा स्थित बसपार्क ब्यवस्थापनमा खर्च हुने र बाँकी १ करोड ५५ लाखका लागतमा उक्त भवन निर्माण हुने भएको छ । वडाअध्यक्ष सुवास चन्द्र पौडेलले वडाको अग्रसरतामा गठन भएको मिलन केन्द्र मार्फत भवन निर्माण शुरु हुन लागेको जानकारी दिए । उनले भवनमा दिवा सेवा प्रदान हुनेछ । दिउँसोको समयमा कुश्मा नगरक्षेत्रका जेष्ठ नागरिकले आश्रय लिन सक्नेछन । उक्त आश्रय स्थलमा स्वास्थ्य परिक्षण र परामर्श सेवा समेत प्रदान हुने वडाअध्यक्ष पौडेलको भनाई छ । भवनको शिलान्यास कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी पंगेनी, सहयाक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदी, वड न ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेल, जेष्ठ नगारिक मञ्चका जिल्ला अध्यक्ष लोकनाथ आचार्य लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । मिलन केन्द्रका अध्इक्ष तिर्थराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चिन्तामणी शर्माले गरेका थिए ।