अन्तर्राष्ट्रिय

होसियार ! कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने रसायन भेटियो

By लोकतन्त्र अनलाईन

May 09, 2019

कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ ।कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएकोहो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएपछि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ । त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन ।