प्रमुख समाचार

मनकारी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, गत वर्ष भर्ना गरेका पर्वतका पाँच विद्यार्थीलाई नियमित सहयोग प्रदान

By लोकतन्त्र अनलाईन

April 09, 2019

पर्वत– पर्वतको कुस्माबजार स्थित शिबालय माबिमा अध्ययनरत सुहानी नेपालीलाई आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोशाक र स्टेशनरीले भरिएको झोला भिराउँदै केही नगद पनि दिनुभयो ।बिद्यालयमा नयाँ शैक्षिकसत्र शुरु हुन लागेका बेला अध्यक्ष तिमिल्सिनाले ११ बर्षिया बालिका नेपालीलाई आगामी शैक्षिकसत्रको शुरुमा लाग्ने सबै खर्च र पोशक सहित अभिभावक र बिद्यालयलाई रकम हस्तान्तरण गर्दा सुहानी खुसी थिइन । गत बर्ष भर्ना अभियानका क्रममा गृह जिल्लामा बिद्यार्थी भर्ना गर्नुभएका अध्यक्ष तिमिल्सिनाले शैक्षिक सत्रको बिचमा पनि बिद्यार्थीलाई लागेको खर्च दिनुभएको थियो ।नयाँ शैक्षिक सत्रका लागि पनि आवश्यक सामाग्री, पोशाक र नगद हस्तान्तरण गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो बर्षमा दुई वा तीनपटक अभिभावक र बिद्यार्थीलाई नै भेटेर सहयोग गर्दै आएको छ, । बिद्यार्थीको पठ्नपाठनमा सुधार आएको र नियमित बिद्यालय गएको सुनेपछि उनीहरुलाई सहयोग जारी राख्न उत्साह थप्दो रहेछ ।

सुहानी नेपाली मात्रै होइन पर्वतको तिलहारस्थित नवजागृत माबिमा अध्ययनरत अनुप जिसी र देउपुर नमुना आवासिय माबिमा अध्ययनरत निकिता क्षेत्रीलाई पनि यस बर्षको शैक्षिकसत्रका लागि आवश्यक नगद बिद्यालयका शिक्षक र अभिभावकका बिचमा आइतबार नै हस्तान्तरण गर्नुभयो । नयाँ शैक्षिकसत्र शुरु हुँदा लाग्ने खर्चको कमी नहोस र नयाँ शत्रमा बिद्यालय जान बिद्यार्थीलाई प्रोत्साहन मिलोस भन्ने उद्देश्य राखेको अध्यक्ष तिमिल्सिनाको भनाई छ । अध्यक्ष तिमिल्सिनाले पर्वतमा तीन जना र पोखरामा दुई जना बिद्यार्थीलाई अभिभावकत्व ग्रहण गर्दै गत बर्ष बिद्यालयमा भर्ना गर्नुभएको थियो अभिभावक र बिद्यपर्वतको सदरमुकाम कुगत बर्ष बिद्यार्थी भर्ना अभियानका क्रममा देशभर बिद्यार्थीको जिम्मा लिएर बिद्यालय भर्ना गर्ने अभियान नै चल्यो । बिद्यार्थीलाई बिद्यालय भर्ना गर्दा आर्थिक सहयोग गर्ने देखि पोशाक, झोला र स्टेशनरी सम्म आँफैले बेर्होने भनेर भर्ना पनि गरियो । धेरैले आँफुले भर्ना गरेका बिद्यार्थीहरुका बारेमा पछिल्ला दिनमा चाँसो राख्न छाडेका छन तर राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले भने आफुँले भर्ना गरेका बिद्यार्थीलाई नियमित सहयोग गर्दै आउनुभएको छ ।

पोखराको धर्मस्थली निमाबिमा पढ्ने आकाश परियार र फेवा पब्लिक स्कुलमा पढ्ने भावना नेपालीलाई पनि शैक्षिकसत्रको शुरुवात, बिचमा र अन्त्यमा सहयोग गर्दै आउनुभएको छ । मैले जिम्मा लिएका बिद्यार्थीलाई कम्तीमा दश कक्षा सम्म अध्यन गर्न लाग्ने नियमित खर्च बोर्होनेछु अध्यक्ष तिमिल्सिनाले भन्नुभयो त्यसपछि पनि उच्च शिक्षाका लागि संभब भए सम्म सहयोग गर्ने मनस्थिति बनाएको छ’ ।उहाँले बिद्यालयका प्रधानाध्यापक र अभिभावकलाई समेत बिचबिचमा सम्पर्क गरि बिद्यार्थीको सिकाईका बारेमा जानकारी लिदै आएको बताउनुभयो । देशभर भर्ना अभियान चल्न लागेका बेला गत बर्षा भर्ना गरिएका बिद्यार्थी र नयाँ भर्ना गर्नेहरुका लागि पनि अध्यक्ष तिमिल्सिनाको सानो सहयोग भएपनि प्रेरणादायी बनेको छ ।