All-focus

प्रमुख समाचार

पर्वतको शिवालय मा.वि.मा दृष्टिबिहीन श्रोत कक्षामा अध्ययनरतका लागि सामग्री सहयोग

By लोकतन्त्र अनलाईन

December 09, 2019

पर्वत : पर्वतको कुस्मा नगरपालिका ६ शिवालय मा.वि.मा सञ्चालित दृष्टिविहीन छात्रछात्राहरूको लागि खाद्यान्न र इलेक्ट्रोनिक्स सामग्रीहरू निःशुल्क प्रदान गरिएको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका ३ बिचारी चौतारा घर भई हाल अमेरिकामा रहेका प्रकाश बि.क.ले २५ किलो दाल, ५० किलो चामल, १० लिटर तेल, लसुन, प्याज, एक थान रोटी मेकर र २ थान आइरन गरी झण्डै १६ हजार मूल्य बराबरका सामग्रीहरु वितरण गर्नुभएको हो । ८ महिना अगाडि डी.भी. चिट्ठा मार्पmत अमेरिका पुग्नुभएका बि.क.ले केही दिन अगाडि मात्र अमेरिकाको स्थानीय बासिन्दा हुने गरी कार्ड प्राप्त गर्नुभएको खुसीमा समस्यामा परेका विद्यार्थीहरूलाई सजिलो बनाउनको लागि सामग्रीहरू वितरण गरिएको प्रकाशकी आमा देउमाया विश्वकर्माले बताउनुभयो । २४ जना दृष्टिीबिहीन विद्यार्थीहरूले अध्ययन गर्दै आएको विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्ने १८ जना विद्यार्थीहरूलाई आर्थिक समस्याका कारण विभिन्न सामग्रीहरूको अभाव भइरहेको भन्ने सुनेपछि आप्mनी बहिनी पार्वती सेन्चुरीको माध्यमबाट सामग्रीहरू हस्तान्तरण गरिएको देउमायाको भनाई छ । सो अवसरमा बोल्दै कुश्मा नगरपालिका, शिक्षा शाखाका अधिकृत दिपक सुवेदीले अप्ठ्यारोमा परेका विद्यार्थीहरुको चिन्ता गर्दै सहयोग गर्नु नै ठूलो मानवीय धर्म रहेको बताउनुभयो । यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले विद्यालयमा संचालित श्रोत कक्षालाई अगाडि बढाउन सरकारको अनुदानले मात्र सम्भव नभएकोले दाताहरुले गर्नुभएको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा शिवालय मा.वि.का प्रधानाध्यापक भूपेन्द्र चापागाईँ, लेखापाल ढाकाराम पुरी, ज्येष्ठ नागरिक तोयनाथ चालिसे, शिवालय बहुमुखी क्याम्पसका प्रमुख कमलनाथ शर्मा लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रमको संचालन क्याम्पसका प्रध्यापक राजेन्द्र पहाडीले गर्नुभएको थियो । सोही अवसरमा क्याम्पस प्रमुख शर्माले पनि दृष्टिबिहीन बिद्यार्थीहरुको लागि ५० किलोग्राम चिनी उपलब्ध गराउने घोषणा गर्नुभएको छ । शिवालय श्रोत कक्षाको नाममा सञ्चालित उक्त छात्राबासमा पर्वत, म्याग्दी, गुल्मी र तनहुँका विद्यार्थीहरू अध्ययनरत छन ।