प्रमुख समाचार

फलेवास पुगेर मन्त्री लम्सालले भने सहकारी ग्रामिण भेगको आर्थीक समृद्धिको मेरुदण्ड

By लोकतन्त्र अनलाईन

October 09, 2019

फलेवास पुगेर मन्त्री लम्सालले भने सहकारी ग्रामिण भेगको आर्थीक समृद्धिको मेरुदण

गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले सहकारी मार्फत ग्रामणि भेगलाई आर्थीक समृद्धिको मार्गमा हिड्याउन सकिने बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थान स्थित कालिगण्डकी दुग्ध सहकारी संस्था लि.को एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले ग्रामिण विकासको आर्थीक परिर्वतनको सम्बाहकको रुपमा सहकारीलाई लिन सकिने बताउनुभयो । आर्थीक अवस्था कमजोर भएका अति बिपन्न गरिब समुदायका वर्गहरुमा सहकारीको पहुँच बिस्तार गरी उनीहरुको आर्थीक पाटोलाई बलियो बनाउन सकिने धारणा राख्नुभयो । “सहकारीको उत्पादन बाट उद्यमशिलता,स्वरोजगारी र उत्पादन बृद्धि गराउन सकिन्छ,मन्त्री लम्सालले भन्नुभयो”त्यसको लागि सहकारीमा आबद्ध व्यक्तिहरुको लगनशिलतता र इमान्दारिता पनि उत्तिकै आवश्यक पर्छ । कृषिमा आत्मनिर्भर हुने गरी काम गर्न सहकारीलाई आग्रह गर्दै उहाँले आर्थिक समृद्धि प्रति जिम्मेबार भई दिगो विकासमा टेवा पुग्ने गरी सहकारीले नयाँ योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । मन्त्री लम्सालले सहकारीको जोखिम व्यवस्थापन,गुणस्तर सुनिश्चतताको ग्यारेण्टी गर्ने,रोजगारीको वातावरण मिलाउने तथा वित्त क्षेत्रहरुमा नयाँ प्रविधिको अबलम्बन गर्दै अगाडी लैजाने कुरामा प्रदेश सरकारको ध्यान गएको समेत बताउनुभयो । कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल,वडाध्यक्ष भोलानाथ भुषाल,पिताम्बर घिमिरे लगाएतले बोल्नुभएको थियो ।