प्रमुख समाचार

म्याग्दीमा जीप दुर्घटना, एक जनाको मृत्यु

By लोकतन्त्र अनलाईन

August 08, 2019

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बेनीदेखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ वर्षीय रनबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारको क्रममा मृत्यु भएको र १२ जनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए।

चालक यामबहादुर श्रीसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उकालो र साँघुरो बाटोमा जिप ब्याक भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए।