प्रमुख समाचार

पर्वतका सरोकारवाला भन्छन् : ‘भ्रष्टचार नियन्त्रणका लागि नागरिक समाजले खबरदारी गर्नुपर्छ’

By लोकतन्त्र अनलाईन

July 08, 2019

पर्वत / नेपालको सन्दर्भमा शुशासनको अवस्था नाजुक रहेको अबस्थामा भ्रष्टचार नियन्त्रणका लागि नागरिक समाजको महत्वपुर्ण भूमिका हुने धारणा ब्यक्त गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहयोगमा भ्रष्टचार बिरुद्ध नागरिक निगरानी संस्था पर्वतले सोमबार कुस्मामा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले नागरिक समाजले खबरदारी गर्न सके मात्रै भ्रष्टचार नियन्त्रणका लागि महत्वपुर्ण उपलब्धी हासिल गर्न सकिने बताएका हुन । समाजमा शुशासनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका संगै नागरिक समाजले पनि उत्तिकै महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा उनीहरुको थियो । ‘समाजमा भ्रष्टाचार कम गर्न नागरिक समाजसमेतको खवरदारी उत्तिकै महत्वपूर्ण हुन्छ’ कार्यक्रमका सहभागीहरुले भने ‘भ्रष्टलाई बहिष्कार गर्दै सदाचार बढाउन नागरिक समाजको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ,’ नागरिकले नागरिकको जिम्मेवारी पूरा नगर्दा पनि भ्रष्टचारीहरुले शिर ठाडो उठाएर हिड्न सकेको उनीहरुको धारणा थियो । नागरिकले भ्रष्टाचार बिरुद्ध नागरिकको आवाज कम्जोर हुँदा भ्रष्टाचारीहरुका लाग सुनौलो अवसर बनिरहेको धारणा उनीहरुको थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराका उपसचिब मेघराज रिजालले नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार समस्याका रुपमा बिद्यमान रहेको बताउँदै नागरिक सहभागिता बढाएर यसलाई नियन्त्रणको प्रयास भैरहेको बताउनुभयो । उहाँले स्थानिय तह, सामुदायिक बिद्यालय, सरकारी कार्यालयहरु सम्बन्धी धेरै उजुरीहरु आउने गरेको बताउँदै नागरिक समाजले यस्ता कुरामा अनुगमन र खबरदारी गर्न आवश्यक छ भन्नुभयो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सुशासन प्रर्बद्धन गर्नु र जनमुखी सेवाप्रवाह गर्नु हरेक कर्मचारी र संघसंस्थाको दायित्व भएको बताउँदै भ्रष्टचार गर्ने जो कोही पनि काबार्हीको दायरामा आएरै छाड्छन भन्नुभयो । अधिबक्ता भोलानाथ शर्माले भ्रष्टाचारले नेपाललाई खोक्रो भएको बताउँदै त्यसलाई नियन्त्रण गर्न र भ्रष्टचार बिरुद्ध जनमत सृजन ागर्न नागरिक समाजको भूमिका बढाउनुपर्ने कुरामा जोड दिनुभयो । भ्रष्टचार नियन्त्रणका लागि नागरिक निगरानी संस्थाका अध्यक्ष हरिओम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिब दुर्गाप्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका स्थानिय तह, सरकारी कार्यालय र आयोजना प्रमुख,लेखापाल र स्टोर किपर, गैैह्र सरकारी संस्थाका प्रमुख, नागरिक समाजका अगुवा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक, सञ्चारकर्मी, निर्माण ब्यबसायी लगायतको सहभागीता रहेको थियो ।