प्रमुख समाचार

आजको मौसम : देशभर आंशिक बदली, हावाहुरी चल्ने सम्भावना

By लोकतन्त्र अनलाईन

June 08, 2019

काठमाडौं- आज (शनिबार) देशभरको मौसममा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ३ दिनको मौसमी जानकारी दिँदै देशका अधिंकाश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । विभागका अनुसार पूर्व र मध्य क्षेत्रको मौसम सामान्य बदली हुनेछ । यस्तै पश्चिमी पहाडी क्षेत्रको मौसम पनि सामानय बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । पूर्व तथा मध्य भूभागका केही र पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्को वरुण पौडेलले जानकारी दिए । मौसमविद् पौडेलका अनुसार आज हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । मनसुन पूर्वको स्थानीय मौसमी गतिविधि सक्रिय रहेकाले बेलुका वा रातिको समयमा देशको पश्चिम तथा मध्य क्षेत्रमा चट्याङ पर्ने, असिना पानीसहित हावाहुरीको सम्भावना हुने भएकाले सचेत रहन उनले आग्रह गरे ।जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको जानकारी यस्तो छ । जेठ २५ गते (शनिवार):दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। राति: देशका पूर्वी भूभाग लगायत मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।जेठ २६ गते (आईतवार)दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। जेठ २७ गते (सोमवार)दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।