पर्वत – पर्वत सदरमुकाम कुश्माबजारमा पहिलोपटक महिलाहरुका लागि फिटनेश सेण्टर संचालनमा आएको छ । पछिल्लो समयमा महिलाहरुमा शारिरीक परिश्रम र व्यायामको अभावमा मोटोपन, विभिन्न रोगहरु लाग्न थालेपछि उनिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै फिटनेश सेन्टर संचालनमा ल्याईएको हो । सदरमुकाम कुश्मास्थित शिवालय मावि नजिकै स्थापना गरिएको एस.एस.बी डान्स एण्ड फिटनेश सेन्टर मुख्यगरी महिलाहरुको स्वास्थ्य अवस्थालाई सन्तुलनमा राख्ने उद्धेश्यले संचालन गरिएको संचालकहरुले बताएका छन् । महिलाहरुले नियमित व्यामका कारण शरीरको तौल घट्छ र अन्य खालका रोगहरु पनि कम हुँदै जाने संचालक सिर्जना श्रेष्ठ तुलाचनले बताउनुभयो । उहाँले भन्नुभयो–‘जीम गर्नु स्वास्थ्यका लागि सबैभन्दा लाभदायक हुने भएकाले जीम गर्न थालेपछि आफ्नो शरीरको तौल घट्नुका साथै आफैलाई आफ्नै शरीरको बढी माया लाग्न थाल्दछ ।’
जागिरे जीवन जिउनेहरुदेखि गृहस्थी जीवन बिताउँदै आएकाहरु पनि उक्त सेन्टरमा आएर ब्यायाम गर्न सक्ने भएका छन् । फिटनेश सेन्टरमा गृहिणीदेखि विद्यार्थीसम्म आउन सक्नेछन् । झण्डै रु ५ लाखको लगानीमा सञ्चालनमा ल्याईएको सो फिटनेश सेन्टरमा अहिले एकै पटक जीममा १२ जना, डान्स र योगामा पनि त्यत्तिकै सख्ंयामा सेवा लिन सक्छन् । यो फिटनेश सेन्टरमा जुम्वा म्युजिकका नाच्ने, शारिरीक व्यायाम, योगा, मोडर्न जीम, क्लीजिङ लगायतको व्यवस्था रहेको संचालक तुलाचनले जानकारी दिनुभयो ।
शहरी क्षेत्रका महिलाहरुको खानपान र जीवन जीउने शैलीका कारण अनेक प्रकारका रोग लाग्ने गरेकाले तिनको निधानका लागि पनि यो फिटनेश सेन्टर अति उत्तम भएको संरक्षक बिनु तलाचनले बताईन । अझै पनि हाम्रो समाजमा चेतनाको कमीका कारण महिलाहरु भान्सामै सीमित हुने गर्दछन् । ‘शरीर स्वस्थ राख्न व्यायाम आवश्यक छ तर अधिकांश महिलाले त्यो बुझेर पनि गरिरहेका छैनन् । उनले भन्नि । उनका अनुसार विहान र बेलुकाको समयमा उक्त सेण्टरमा आएर शारिरीक अभ्यासहरु गर्न सकिने भएको छ । यो सेन्टरमा आउनेहरुका लागि जुम्वाको लागि रु १५ सय र डान्सका लागि रु ११ रुपैया शुल्कको व्यवस्था समेत गरिएको छ । त्यस्तै पिउने पानी, नुहाउने र आराम गर्ने कोठाहरुको समेत व्यवस्था रहेको छ । उक्त सेण्टर शुक्रवारदेखि व्यावसायिक रुपले संचालनमा आएको हो ।