प्रमुख समाचार

नेकपाकी सांसद मल्ल बेपत्ता, अपहरण भएको स्थानीयको भनाइ

By लोकतन्त्र अनलाईन

March 08, 2019

चैनपुर– बझाङको बुँगल नगरपालिकाबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश सांसद सम्पर्कविहीन भएकी छन् ।विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा प्रदेश सांसद नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी हुन् ।देवकी मल्ल बझाङ प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद हुन् । प्रहरीले सांसद मल्ल सम्पर्कविहीन भएको पुष्टि गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले सांसद मल्ल सम्पर्कविहीन भएको सूचना आएको बताए ।स्थानीयले भने सांसद मल्लको अपहरण भएको बताएका छन् ।मुखमा पट्टी बाँधेर आएका अज्ञात व्यक्तिले सांसद मल्ललाई नियन्त्रणमा लिएर लगेको स्थानीयले बताएका छन् ।