प्रमुख समाचार

पर्वत रोट्रयाक्टको सप्ताह फागुन २७ गतेदेखि चैत २ गतेस्म्म मनाईँदै

By लोकतन्त्र अनलाईन

March 08, 2019

पर्वत– रोट्रयाक्ट क्लब अफ पर्वतको आयोजनामा यस बर्ष पनि बिभिन्न कार्यक्रमहरुको आयोजना गरि रोट्रयाक्ट सप्ताह मनाईने भएको छ । क्लबले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सप्ताह अन्तर्गत ६ दिनमा आयोजना गरिने ७ ओटा कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ । रोट्रयाक्ट सप्ताह कार्यक्रम मूल संयोजक मिना खड्काले दिनुभएको जानकारी अनुसार यही फागुन २७ गतेदेखि चैत २ गतेसम्म बिभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताह मनाउन लागिएको हो । सप्ताहको पहिलो दिन फागुन २७ गते सप्ताहको उद्घाटन र सम्मान कार्याक्रम राखिएको छ । यस्तै, २८ गते कुश्मा नगरपालिका ११ पकुवामा रहेको वीरेन्द्र माध्यमिक बिद्यालयमा शैक्षिक सामग्री हस्तान्त्रण कार्यक्रम, २९ गते विश्व रोट्रयाक्ट दिवसको अवसरमा रोट्रयाक्टरुको बीचमा बैठक गरी केक काटेर दिवस मनाउने, ३० गते मोदी गाउँपालिकामा ट्राफिक सचेतना कार्यक्रम, चैत १ गते रोट्रयाक्टमा आवद्ध भएका तथा नभएकाहरुका लागि पेशागत विकासको लागि बेसिक सेयर तालिम र चैत २ गते अन्तिम दिन बडागाउँमा रहेका झोलुङ्गे पुलहरुमा बिहानमा सरसफाईको साथै साँझमा सप्ताहको समापन कार्यक्रम राखिएको छ । अन्तिम दिनमा बडागाउँ क्षेत्रको फोहोर व्यवस्थापनको लागि डस्टबीन पनि राखिने कार्यक्रम तय भएको छ । रोट्रयाक्ट क्लब अफ पर्वतका अध्यक्ष गणेश पौडेल टु आर जीको अध्यक्षतमा भएको पत्रकार भेटघाट कार्यक्रममा स्वागत उपाध्यक्ष कामना रेग्मीले गर्नुभएको थियो । कार्यक्रमको संचालन रोट्रयाक्टर गणेश पौडेलले गर्नुभएको थियो । कार्यक्रममा रोट्रयाक्टरहरु बिनोद आचार्य र मिलन पौडेलले पनि बोल्नुभएको थियो । यस बर्षको सप्ताहका कार्यक्रमहरु पूरा गर्नको लागि झण्डै १ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।